
गोथेनबर्ग (स्वीडेन), 18 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो छ दिने पाँच राष्ट्रको विदेश भ्रमणको चौथो दिन स्वीडेनबाट नर्वेतर्फ प्रस्थान गरेका छन्। उनले स्वीडेनको गोथेनबर्गबाट नर्वेको ओस्लोतर्फ यात्रा गरेका हुन्। नर्वे पुगेपछि उनले १९ मईमा हुने तेस्रो भारत-नर्डिक शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्।
प्रधानमन्त्री मोदीले नर्वेको राजधानी ओस्लोमा नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। यस भ्रमणका क्रममा भारत र नर्वेबिच ऊर्जा, प्रविधि, हरित विकास तथा आर्कटिक क्षेत्रीय सहकार्यजस्ता विषयमा छलफल हुने सम्भावना रहेको छ।
मोदीले यसअघि संयुक्त अरब इमिरेट्स, नेदरल्यान्ड्स र स्वीडेनको भ्रमण पूरा गरिसकेका छन्। १५ मईदेखि १७ मईसम्म उनी नेदरल्यान्ड्समा रहेका थिए भने त्यसपछि १७ देखि १८ मईसम्म स्वीडेनका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। प्रधानमन्त्रीको यो भ्रमण भारत र युरोपबिचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने दिशामा महत्वपूर्ण मानिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी