लखीमपुर-बहराइच राष्ट्रिय राजमार्गमा सडक दुर्घटना, आठ मजदुरको मृत्यु
accident


लखीमपुर खीरी, 18 मई (हि.स.)। उत्तर प्रदेशस्थित लखीमपुर-बहराइच राष्ट्रिय राजमार्ग-७३० मा सोमबार बिहान भएको सडक दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ। तीव्र गतिमा रहेको ट्रक र यात्रुवाहक सानो गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। मृतकमध्ये छ पुरुष र दुई महिला रहेका छन्। उनीहरू लखीमपुरमा मजदुरी कार्य सकेर बहराइच जिल्लाको नानपारा स्थित आफ्नै घर फर्किरहेका थिए। मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन्।

बिहान करिब आठ बजे भएको यस दुर्घटनाको खबर पाएलगत्तै पुलिस र प्रशासनिक अधिकारीहरू घटनास्थल पुगेका थिए। ठूलो सङ्ख्यामा पुलिससहित पुगेका अधिकारीहरूले घाइतेहरूलाई सरकारी एम्बुलेन्समार्फत खमरिया सामुदायिक स्वास्थ्य केन्द्र पठाएका थिए। जहाँ चिकित्सकहरूले आठ जनालाई मृत घोषणा गरे। गम्भीर घाइते दुई जनाको उपचार भइरहेको छ।

पुलिस र प्रत्यक्षदर्शीका अनुसार, सोमबार बिहान यात्रुवाहक सानो गाडी लखीमपुरबाट सिसैयातर्फ जाँदै थियो। त्यही बेला बहराइचतर्फबाट तीव्र गतिमा आएको ट्रकले उक्त गाडीलाई ठक्कर दिएको थियो। ठक्कर यति भीषण थियो कि गाडी पूर्ण रूपमा क्षतिग्रस्त भयो र घटनास्थलमा हलचल मच्चियो। स्थानीय बासिन्दाको सूचनापछि पुलिस तुरुन्तै घटनास्थल पुगेको थियो र स्थानीयवासीको सहयोगमा गाडीभित्र फसेका यात्रुहरूलाई बाहिर निकालिएको थियो।

पुलिसका अनुसार, गाडीमा सवार सबै यात्रु पेशाले मजदुर थिए। उनीहरू लखीमपुरमा मजदुरी कार्य पूरा गरेर आफ्नो पुर्ख्यौली गाउँ नानपारा फर्किरहेका थिए। दुर्घटनापछि घाइते र मृतकहरूलाई खमरिया सामुदायिक स्वास्थ्य केन्द्र लगिएको थियो, जहाँ चिकित्सकहरूले आठ जनालाई मृत घोषणा गरे। अन्य दुई घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ र उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।

पुलिस प्रशासनले घटनास्थलमा क्रेन मगाएर दुर्घटनाग्रस्त सवारी साधनहरू राजमार्गबाट हटाएको तथा यातायात पुनः सञ्चालनमा ल्याएको जनाएको छ। हाल पुलिसले मृतकहरूको साथमा भेटिएका सामग्री र चलदूरभाषका आधारमा पहिचान गर्ने तथा आफन्तलाई जानकारी गराउने कार्य गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande