सतीशनले केरलमका मुख्यमन्त्रीका रूपमा शपथ लिए
वीडी सतीशन


तिरुवनन्तपुरम्, 18 मई (हि.स.)। काङ्ग्रेस नेता वीडी सतीशनले आज यहाँस्थित सेन्ट्रल स्टेडियममा केरलमका मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्। उनले राज्यमा काङ्ग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) सरकारको नेतृत्व सम्हाल्नेछन्।

उनलाई राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले पद तथा गोपनीयताको शपथ गराए। सतीशनसँगै मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि शपथ लिएका छन्। मन्त्रिपरिषद्मा काङ्ग्रेसका ११, इन्डियन यूनियन मुस्लिम लीगका पाँच तथा अन्य गठबन्धन सहयोगी दलका प्रतिनिधिहरूलाई समावेश गरिएको छ।

काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धी, वायनाड सांसद प्रियङ्का गान्धी वाड्रा लगायत अन्य काङ्ग्रेस नेताहरू शपथ ग्रहण समारोहमा उपस्थित थिए।

मन्त्रिपरिषद्मा काङ्ग्रेसका रमेश चेन्निथला, सन्नी जोसेफ, के. मुरलीधरन, एपी अनिल कुमार, पीसी विष्णुनाथ, टी सिद्दीकी, बिन्दु कृष्णा, केए तुलसी, रोजी एम जन, एम लिजू र ओजे जनीशलाई स्थान दिइएको छ।

इन्डियन यूनियन मुस्लिम लीगका

पीके कुन्हालीकुट्टी, एन शमसुद्दीन, केएम शाजी, पीके बशीर र वीई अब्दुल गफूर मन्त्री पदको शपथ लिएका छन्।

अन्य गठबन्धन सहयोगी दलतर्फबाट केरल कांग्रेस (जोसेफ) का मन्स जोसेफ, रिवोल्यूशनरी सोशलिस्ट पार्टीका शिबू बेबी जन, केरल कांग्रेस (जेकब) का अनूप जेकब र कम्युनिस्ट मार्क्सवादी पार्टीका सीपी जनलाई पनि मन्त्री पदको शपथ गराइएको छ।

युडीएफले केरलममा २०२६ को विधानसभा निर्वाचनमा स्पष्ट जनादेशसहित १०२ सिट जितेको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande