नवनिर्वाचित एनएमसी र एनजेएनपीका सदस्यहरूको शपथ ग्रहण
नवनिर्वाचित एनएमसी र एनजेएनपीका सदस्यहरूको शपथ ग्रहण


नाम्ची, 02 मई (हि.स.)। नगरपालिका निर्वाचन २०२६ अन्तर्गत नाम्ची नगर परिषद् (एनएमसी) र नयाँबजार-जोरथाङ नगर पञ्चायत (एनजेएनपी) का नवनिर्वाचित पार्षदहरूको शपथ ग्रहण कार्यक्रम आज जिल्ला प्रशासनिक केन्द्र, नाम्चीमा सम्पन्न भयो। कार्यक्रममा जिल्लापाल तथा नगरपालिकाकी रिटर्निङ अफिसर अनुपा ताम्लिङले निर्वाचित पार्षदहरूलाई शपथ दिलाइन्।

शपथ ग्रहणअघि नाम्ची नगर परिषद्का पार्षदहरूले नगरपालिका सभापति र उपसभापति चयन गरेका थिए। जसमा अप्पर सिङ्गिथाङ वार्डका विजयी उम्मेदवार गणेश राईलाई सम्भापति र गाङ्याप वार्डकी विजयी उम्मेदवार सरस्वती शर्मा उपसभापति निर्वाचित गरियो। यसैगरी, नयाँबजार जोरथाङ नगर पञ्चायतका लागि माझिगाउँ वार्डका विजयी उम्मेदवार साम्तेन मोक्तान तामाङलाई सभापति र त्रिकालेश्वर वार्डकी विजयी उम्मेदवार मञ्जरी राईलाई उपसभापति निर्वाचित गरियो।

शपथ ग्रहणपछि शहरी विकास विभागकी सचिव योगिता राईले पार्षदहरू र पञ्चायत सदस्यहरूसँग संक्षिप्त बैठक गरिन्। उनले निर्वाचित प्रतिनिधिहरूले आफ्नो कार्यकालमा प्राथमिकता दिनुपर्ने जिम्मेवारीहरूबारे जानकारी गराइन्।

कार्यक्रममा क्षेत्र विधायक सतिशचन्द्र राई, विधायक मदन सिन्चुरी, जिल्ला अध्यक्ष अञ्जीता राजालिम, जिल्ला उपाध्यक्ष विकास तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande