
नयाँ दिल्ली, 20 मई (हि.स.)। आदर्श जीवन मूल्य र धर्मशास्त्रमा आधारित आचरणको महत्त्वलाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सुस्थापित मापदण्डहरूद्वारा निर्देशित मानव व्यवहारले व्यक्ति र समाज दुवैलाई प्रबुद्ध बनाउँछ भनी बताएका छन्।
प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्समा संस्कृतको एउटा श्लोक साझा गरेका छन्ः
“तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि।।
यस श्लोकको अर्थ व्याख्या गर्दै उनले के गर्ने र के नगर्ने निर्णय गर्न धर्मशास्त्रलाई मार्गनिर्देशनका रूपमा लिनुपर्ने बताए। धर्मशास्त्रमा उल्लेख गरिएका नियम र सिद्धान्तहरू बुझेर मात्र मानिसले आफ्ना कार्यहरू गर्नुपर्दछ।
प्रधानमन्त्रीले भने, धार्मिक र नैतिक आचरण दीप जस्तै हो, जसले व्यक्तिको जीवनलाई मात्र नभई सम्पूर्ण समाजलाई दिशा र प्रकाश प्रदान गर्दछ। उनले स्थापित मूल्य र आदर्शअनुसार जीवन बिताउँदा आफ्नो आचरण सन्तुलित, स्वीकार्य र समाजका लागि उपयोगी हुने बताए।
उनले भने, आज देशवासीले संयम, दृढता र कर्तव्यनिष्ठाका साथ राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। यो भारतीय जीवन मूल्य र आदर्श आचरणको जीवित उदाहरण हो।
प्रधानमन्त्री मोदीले भने, उत्तम आचरण त्यो हो जसले व्यक्ति र सम्पूर्ण समाजलाई सकारात्मक दिशा दिन्छ। उनले देशवासीलाई नैतिक मूल्य र कर्तव्यनिष्ठालाई जीवनको आधार बनाउन पनि आह्वान गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी