
चेन्नई, 21 मई (हि.स.)। मुख्यमन्त्री जोसेफ विजयको नेतृत्वमा तमिलनाडू सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। बिहिवार राज्यपालले राजभवनमा 23 नयाँ सदस्यहरूलाई पदको शपथ दिलाए। जसमा टीवीके पार्टीका 21 र सहयोगी कांग्रेसका दुई सदस्य छन्। यससँगै राज्यमा कूल मन्त्रीहरूको संख्या 32 पुगेको छ।
राज्यपाल राजेन्द्र विश्वनाथ अरलेकरले आज गिन्डीको राजभवन परिसरमा आयोजित एक समारोहमा 23 नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए। नयाँ मन्त्रीहरूमा श्रीनाथ, विजयालक्ष्मी, रंजितकुमार, विजय तमिझान पार्थिवन, कुमार, विनोद, राजीव, राजकुमार, रमेश, थेन्नारसु, कमली, कान्थिराज, मदन राजा, जगदीश्वीरी, राजेश कुमार, विजय बालाजी, लोकेश तमिझसेल्वन, विश्वनाथ, सम्पत कुमार, शरतकुमार, मारिया विल्सन, विग्नेश र मोहम्मद परवेज सामेल छन्।
राज्यपालले सबैभन्दा पहिले तुतीकोरिनका विधायक र मुख्यमन्त्री विजयका नजिकका साथी श्रीनाथलाई पदको शपथ दिलाए। यसपछि कमली, विजयलक्ष्मी, विनोद, राजीव, रंजितकुमार र विजय बालाजी लगायत अन्य विधायकहरूले मन्त्रीको रूपमा र गोपनीयताको शपथ लिए। राजेश कुमार र विश्वनाथन कांग्रेसका विधायक हुन्। 59 वर्षपछि तमिलनाडू सरकारमा कांग्रेसका विधायकहरूले मन्त्री पद सम्हालेको यो पहिलो अवसर हो।
विजयको मन्त्रिपरिषद्मा अनुसूचित जाति र सात महिलाको प्रतिनिधित्व छ। जसमा कीर्तना, कमली, जगदीश्वरी र विजयलक्ष्मी सामेल छन्।
उल्लेखनीय छ कि पहिलो पटक राज्य विधानसभा चुनाउ लड्ने तमिलगा वेत्रि कड़गम (टीवीके) ले 108 सिट जितेर सबैभन्दा ठूलो दलको रूपमा उभिएको थियो। टीवीके नेता जोसेफ विजयले पछि कांग्रेस, वामपन्थी, वीसीके र आईयूएमएल सहित सहयोगीहरूको समर्थनमा सरकार गठन गरे। जोसेफ सी विजयले 10 मईमा तमिलनाडूको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए, उनीसँग नौ जना मन्त्रीहरूले पदभार सम्हालेका थिए। विजयको मन्त्रिपरिषद्मा अब 32 सदस्यहरू छन्। टीवीकेका सहयोगीहरू आईयूएमएल र वीसीकेका सदस्यहरूलाई अहिले मन्त्रिपरिषद्मा सामेल गरिएको छैन। दुवै दलका दुई-दुई जना विधायक छन्। अर्को विस्तारमा यी दुई सहयोगीका सदस्यहरूलाई समावेश गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी