प्रधानमन्त्रीद्वारा मन्त्री परिषद्को म्याराथन बैठकको अध्यक्षता, विकसित भारत 2047 भिजनबारे छलफल
मन्त्री परिषदको बैठक


नयाँ दिल्ली, 22 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच राष्ट्रको भ्रमणबाट फर्केपछि तुरुन्तै काममा सक्रिय देखिएका छन्। बिहीबार साँझ मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गर्दै उनले सबै मन्त्रीको कार्यसम्पादनको रिपोर्ट कार्डको समीक्षा गरे।

सेवा तीर्थमा बिहीबार साँझ 5 बजीतिर शुरु भएको उच्चस्तरीय बैठक साढे चार घन्टासम्म चलेको थियो। म्याराथन बैठकमा शासन सुधार, प्रशासनिक दक्षता र सरकारको दीर्घकालीन विकसित भारत 2047 दृष्टिकोणमा विस्तृत छलफल भयो।

बैठकमा 9 जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यका बारेमा विस्तृत प्रस्तुतीकरण दिए। यसका साथै धेरै मन्त्रीहरूको कामको पनि समीक्षा गरियो। मन्त्रीहरूसँग सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन, समन्वय र भविष्यको रणनीतिबारे पनि छलफल भयो। बैठकमा मन्त्रीहरूको विगतको प्रदर्शनको समीक्षा गरी दुई वर्षे रिपोर्ट कार्डको समीक्षा गरियो। विशेष गरी पश्चिम एसियाको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सरकारको आर्थिक नीति, विकास परियोजना र भविष्यको रोडम्यापबारे विस्तृत छलफल भएको थियो।

बैठकमा विदेशमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच राष्ट्रको भ्रमणको परिणामबारे सबै मन्त्रीहरूलाई जानकारी गराए। विदेश भ्रमणमा रहेका कारण रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री जेपी नड्डा उपस्थित थिएनन्। लगभग सबै अन्य क्याबिनेट मन्त्रीहरू, राज्य मन्त्रीहरू उपस्थित थिए।

स्मरणीय छ, प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षपछि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। यसअघि यो बैठक गत वर्ष अर्थात् 2025 मा बोलाइएको थियो। यस बैठकपछि मन्त्रिपरिषदमा फेरबदलको अडकल बढेको छ। अर्को महिना मन्त्रिपरिषद् फेरबदल हुने सम्भावना रहेको अनुमान गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande