राज्यसभाका 24 सिटमा चुनाउ र दुई सिटमा उपचुनाउको घोषणा, 18 जूनमा मतदान
राज्यसभाका 24 सिटमा चुनाउ र दुई सिटमा उपचुनाउको घोषणा, 18 जूनमा मतदान


नयाँ दिल्ली, 22 मई (हि.स.)। चुनाउ आयोगले जुन-जुलाईमा सेवानिवृत्त हुने राज्यसभाका 24 सिटमा द्विवार्षिक निर्वाचन र महाराष्ट्र र तमिलनाडुका दुई रिक्त सिटमा उपचुनाउको घोषणा गरेको छ। सबै सिटका लागि मतदान 18 जूनमा हुनेछ र सोही दिन परिणाम सार्वजनिक हुनेछ।

निर्वाचन आयोगका अनुसार, 10 राज्यका 24 वटा राज्यसभा सिटमा द्विवार्षिक निर्वाचन हुनेछ। यी सिटहरूमा बस्ने सदस्यहरूको कार्यकाल जून र जुलाईमा समाप्त हुनेछ। यसबाहेक महाराष्ट्र र तमिलनाडुबाट राज्यसभाको एक-एक सिट खाली भएकाले उपचुनाउ पनि हुनेछ।

महाराष्ट्रको सिट सुनेत्रा अजित पवारले 6 मईमा र तमिलनाडुको सिट सीवी शनमुगमले 7 मईमा राजीनामा दिएपछि खाली भएको थियो। दुई सिटको कार्यकाल क्रमशः 4 जुलाई, 2028 र 29 जून, 2028 थियो।

आयोगको तालिकाअनुसार, निर्वाचनका लागि अधिसूचना 1 जूनमा जारी गरिनेछ। 8 जून नामाङ्कन दर्ता गर्ने अन्तिम मिति तय गरिएको छ जबकि कागजातहरूको छानविन 9 जूनमा हुनेछ। उम्मेदवारहरूले 11 जूनसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। बिहान 9 देखि साँझ 4 बजीसम्म 18 जूनमा मतदान हुनेछ र सोही दिन साँझ 5 बजी मत गणना हुनेछ। निर्वाचन प्रक्रिया 20 जूनमा पूरा गरिनेछ।

निर्वाचन आयोगका अनुसार, आन्ध्र प्रदेश, गुजरात र कर्नाटकका चार-चार, मध्य प्रदेश र राजस्थानका तीन-तीन, झारखण्डका दुई र मणिपुर, अरुणाचल प्रदेश, मिजोरम र मेघालयका एक-एक सिटमा मतदान हुनेछ।

राज्यसभाबाट सेवानिवृत्त हुने सदस्यहरूको नाम:

आन्ध्र प्रदेशका अयोध्या रामी रेड्डी अल्ला, नथवाणी परिमल, पिल्ली सुभाषचन्द्र बोस र सना सतीश बाबू। गुजरातका रामभाई हरजीभाई मोकारिया, अमीन नरहरि हीराभाई, गोहिल शक्तिसिंहजी हरिचंद्रसिंहजी र रमिला बेचरभाई बारा। झारखण्डका दीपक प्रकाश र शिबू सोरेन। मध्य प्रदेशका दिग्विजय सिंह, जर्ज कुरियन र सुमेर सिंह सोलंकी। मणिपुरका महाराजा सनाजाओबा लीशेम्बा। मेघालयका वानवेइरय खार्लुखी। राजस्थानका नीरज डांगी, राजेन्द्र गेहलोत र रवनीत सिंह। अरुणाचल प्रदेशका नबाम रेबिया। कर्नाटकका कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, पूर्व प्रधानमन्त्री एचडी देवगौड़ा, नारायण कोरगप्पा र इरन्ना कडाडी। मिजोरमका के. वनलालवेनाको कार्यकाल समाप्त भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande