किसानहरूको जग्गाको नक्कली कागजात बनाएर करोडौंका परियोजना सञ्चालन गरेको आरोप, ईडीद्वारा आईसीएचबीएस सचिव पक्राउ
किसानहरूको जग्गाको नक्कली कागजात बनाएर करोडौंका परियोजना सञ्चालन गरेको आरोप, ईडीद्वारा आईसीएचबीएस सचिव पक्राउ


जालन्धर, 23 मई (हि.स.)। किसानहरूको जग्गासम्बन्धी नक्कली कागजात तयार गरेर करोडौं रुपियाँका परियोजना सञ्चालन गरेको आरोपमा प्रवर्तन निर्देशालय (ईडी) ले ग्रेटर मोहाली एरिया विकास प्राधिकरण (जीएमडीए) तथा भूमि उपयोग परिवर्तन (सीएलयू) घोटालासँग सम्बन्धित धन शोधन मुद्दामा ठूलो कारबाही गर्दै इन्डियन कोअपरेटिव हाउस बिल्डिङ सोसाइटी (आईसीएचबीएस) का सचिव अजय सहगललाई जालन्धरबाट पक्राउ गरेको छ।

ईडीका अनुसार, यो कारबाही पंजाब पुलिसद्वारा दर्ता गरिएको प्राथमिकीका आधारमा गरिएको हो। उक्त प्राथमिकी किसानहरूको उजुरीपछि दर्ता गरिएको थियो, जसमा उनीहरूको सहमति नक्कली रूपमा देखाएर सनटेक सिटी परियोजनाका लागि सीएलयू प्राप्त गरिएको आरोप लगाइएको थियो।

अनुसन्धानमा अजय सहगलले १५ किसानको ३०.५ ऐकर जमिनका लागि नक्कली सहमति पत्र तयार गरेको खुलासा भएको छ। ती कागजातमा किसानहरूको हस्ताक्षर तथा औंठाछाप नक्कली रहेको बताइएको छ। यिनै कागजातका आधारमा विशाल रियल इस्टेट परियोजनालाई स्वीकृति दिइएको थियो।

यसअघि ईडीले ७ मईमा सोसाइटी तथा एबीएस टाउनशिप प्राइवेट लिमिटेडसँग सम्बन्धित आठ स्थानमा छापा मारेको थियो। छापामारीका क्रममा एक व्यवसायीको घरबाट २१ लाख रुपियाँ नगद बरामद गरिएको थियो, जुन बालकनीबाट तल फालिएको अवस्थामा फेला परेको थियो।

अनुसन्धानमा अजय सहगलले “ला कनेला” आवासीय बहुमंजिला परिसर र “डिस्ट्रिक्ट ७” व्यावसायिक परिसरजस्ता परियोजनाहरू पनि यिनै नक्कली सहमति पत्रका आधारमा विकास गरेको खुलेको छ। यी परियोजनाका एकाइहरू रेरा (रियल इस्टेट नियामक प्राधिकरण) को स्वीकृतिबिनै बिक्री गरिएको र हालसम्म २०० करोड़ रुपियाँभन्दा बढीको कारोबार भइसकेको ईडीले जनाएको छ।

ईडीका अनुसार, सहगलले आर्थिक रूपमा कमजोर वर्गका लागि छुट्याइएका भूखंडहरू जीएमडीएलाई हस्तान्तरण गरेका थिएनन्। साथै, उच्च अदालतमा भएको छलफलविपरीत केवल आंशिक सीएलयू मात्र रद्द गरिएको पाइएको छ, ताकि सनटेक सिटीले बाँकी स्टक बिक्री गर्न सकोस्।

ईडीले यस प्रकरणमा जीएमडीए तथा नगर एवं ग्राम नियोजन विभागका वरिष्ठ अधिकारीहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ। एजेन्सीले आगामी दिनहरूमा थप पक्राउ हुन सक्ने संकेत दिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande