
नयाॅं दिल्ली, 23 मई (हि.स.)। नयाँ दिल्लीको लाल किल्लामा आइतबार आदिवासी समाजको विशाल सांस्कृतिक समागम आयोजना भइरहेको छ। कार्यक्रममा भाग लिन देशका विभिन्न राज्यबाट ठूलो सङ्ख्यामा आदिवासी समाजका प्रतिनिधि, सामाजिक सङ्गठन र परम्परागत समूहहरू आउँदैछन्। छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साय पनि आइतबार साँझ हुने कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ।
आदिवासी समाजको सांस्कृतिक पहिचान, एकता र जागरूकतासँग सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमा जनताको ध्यानाकर्षण गराउन यो कार्यक्रम आयोजना गरिएको जनजातीय सुरक्षा मञ्चले जनाएको छ। यस कार्यक्रममा आदिवासी सम्पदाको संरक्षण, सामाजिक सहभागिता र वर्तमान चुनौतिहरू जस्ता विषयहरूमा छलफल गर्ने प्रस्ताव पनि गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी