
आगरा, 24 मई (हि.स.)। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार ताजमहलको भ्रमण गर्नेछन्। उनी सोमबार विशेष विमानबाट आगरा पुग्नेछन्। रुबियो भारतको चार दिने आधिकारिक भ्रमणमा छन्। उनले शनिबार सेवा तीर्थमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरिसकेका छन्।
पश्चिम एसियामा जारी तनाउ र विश्वव्यापी घटनाक्रमबीच अमेरिकी विदेशमन्त्रीको भारत भ्रमणलाई महत्वपूर्ण मानिएको छ। रुबियो सोमबार बिहान 9ः30 बजी वायु सेनाको खेरिया विमानस्थलमा आइपुग्ने बताइएको छ। यसपछि, यहाँबाट सिधा ताजमहल जानेछन्। उनी बिहान 10ः05 देखि 11ः05 बजीसम्म ताजमहलमा बस्ने कार्यक्रम छ।
अमेरिकी विदेशमन्त्रीको लश्कर खेरिया विमानस्थलबाट शिल्पग्राम पुग्नेछ। शिल्पग्रामबाट उनी ब्याट्रीले चल्ने गल्फ कार्टमा ताजमहलको पूर्वी गेटमा पुग्नेछन्। अमेरिकी विदेशमन्त्रीको आगरा भ्रमणलाई ध्यानमा राख्दै केन्द्रिय र प्रान्तीय गुप्तचर निकायहरू सतर्क छन्। ताजमहल वरपरका होटलहरूमा कडा निगरानी राखिएको छ।
अमेरिकी अग्रिम सुरक्षा टोलीले शनिबार खेरिया विमानस्थलदेखि ताजमहलसम्मको सुरक्षा व्यवस्थाको नजिकबाट निरीक्षण गरेको थियो र आगराका पुलिस र प्रशासनिक अधिकारीहरूसँग सुरक्षा वार्ता गरेको थियो। अमेरिकी विदेशमन्त्रीको भ्रमणका क्रममा ताजमहल सामान्य पर्यटकका लागि खुला रहनेछ। विशेष गरी, ताजमहल राज्य प्रमुखको भ्रमणको समयमा मात्र सामान्य पर्यटकहरूका लागि बन्द हुन्छ। स्थानीय पुलिस प्रशासनले पनि अमेरिकी विदेशमन्त्रीको आगराको प्रस्तावित भ्रमणका लागि तयारी गरिरहेको छ।
अमेरिकी विदेशमन्त्री आगराबाट जयपुर जानेछन्। यसबाहेक अमेरिकी विदेशमन्त्रीको अन्य कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन, तर वैकल्पिक व्यवस्थाका रूपमा पाँच तारा होटलमा छोटो विश्रामको व्यवस्था गरिएको छ। आगरा शहरका डीसीपी सैयद अली अब्बासले अमेरिकी विदेशमन्त्रीको प्रस्तावित भ्रमणका लागि प्रोटोकलअनुसार सुरक्षा व्यवस्था गरिएको बताए।
भारतीय पुरातत्व सर्वेक्षणको आगरा सर्कलकी अधीक्षण पुरातत्त्वविद् डा स्मिता कुमारले अमेरिकी विदेशमन्त्रीको भ्रमणका लागि ताजमहल सर्वसाधारणका लागि बन्द गर्ने अहिलेसम्म कुनै निर्देशन नभएको बताइन्। त्यसैले ताजमहल सोमबार सामान्य रूपमा खुल्ला रहनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी