
गुवाहाटी, 27 मई (हि.स.)। बुधवार असम विधानसभामा समान नागरिक संहिता (युसीसी) विधेयकमाथि चर्को बहस भयो। सत्तारुढ़ दल र विपक्षी दलका सदस्यहरूले विवाह, उत्तराधिकार र व्यक्तिगत कानूनमाथि चर्को बहस गरे।
विपक्षी दलकी एक्ली महिला विधायक बेबी बेगमले सदनमा युसीसी विधेयकको विरोध गरिन् र बहुविवाहलाई समर्थन गरिन्। आफ्नो विरोधको क्रममा उनले खाना पकाउने ग्यास र मुद्रास्फीतिको मुद्दा पनि उठाइन्। बेगमले युसीसी समाजको लागि हानिकारक र असममा अनावश्यक भएको बताइन्।
विधानसभामा विपक्षी कांग्रेसका नेता वाजेद अली चौधरीले पनि मुस्लिम व्यक्तिगत कानूनलाई उद्धृत गर्दै युसीसी विधेयकको विरोध गरे।
राइजर पार्टीका विधायक अखिल गोगोईले युसीसी व्यक्तिगत सम्बन्धमा नोकरशाही नियन्त्रण लाद्ने प्रयास भएको आरोप लगाए र यसलाई पूर्ण रूपमा असंवैधानिक भने।
यसैबीच पूर्व मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का विधायक पीयुष हजारिकाले सदनमा युसीसी विधेयकको पक्षमा कड़ा तर्क गरे। उनले सोधे, कुन देशमा महिलाको असहमति हुँदाहुँदै पनि पतिले चार पटक विवाह गर्न पाउने नियम छ?
पैतृक सम्पत्तिमा छोरीहरूको समान अधिकारको वकालत गर्दै उनले छोरी र छोराहरूबीच किन भेदभाव हुनुपर्छ भन्ने प्रश्न गरे। उनले विपक्षी सदस्यहरू छोरीहरूलाई उनीहरूको उचित सम्मान र अधिकार दिने पक्षमा नभएको पनि आरोप लगाए।
हिन्दुस्थान समाचार / भवानी थामी