
नयाॅं दिल्ली, 27 मई (हि.स)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उनको 62 औँ पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेका छन्। प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि।
इलाहाबाद (अहिले प्रयागराज) मा 14 नोभेम्बर, 1889 मा जन्मेका नेहरूले 27 मई, 1964 मा अन्तिम सास फेरे। उनले आफ्नो मृत्युसम्म लगातार 16 वर्ष र 286 दिनसम्म देशको नेतृत्व गरे। उनका पुस्तकहरूमध्ये डिस्कभरी अफ इन्डिया एउटा महत्त्वपूर्ण कृति हो।
नेहरूको समाधिस्थल शान्ति वन हो। यो नयाँ दिल्लीमा महात्मा गान्धीको समाधि स्थल (राजघाट) को ठीक उत्तरमा रिङ रोडमा यमुना नदीको किनारमा अवस्थित छ।
--------------
हिन्दुस्थान समाचार / भवानी थामी