
गुवाहाटी, 28 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज ईद-उल-अजहाको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिए। ईद-उल-अजहा अर्थात बकरीद आज देशका अधिकांश भागमा मनाइँदैछ।
मुख्यमन्त्री डा. सरमाले सोशल मीडिया फेसबुकमा लेखे, '' ईद-उल-अज़हा मनाउनेहरूलाई मेरो शुभकामना।सबैको सुास्थ्य एवं समृद्धिको कामना गर्दछु।''
सारा देशसँगसँगै असममा पनि बिहीवार पवित्र ईद-उल-जुहा धार्मिक श्रद्धा, उत्साह औ भाइचारापूर्ण वातावरणमा मनाइँदैछ। हिजरी क्यालेण्डर अनुसार जिल्हज्ज महिनाको 10 तारिकमा मनाइने यस पर्वलाई लिएर मुस्लिम समुदायमा विशेष उत्साह देखियो।
ईदलाई लिएर राज्यभरि नै उल्लासपूर्म वातावरण देख्न पाआइयो। मस्जिद तथा ईदगाहरूलाई आकर्षक ढङ्गमा सजाइएको छ। पर्वलाई ध्यानमा राखेर प्रशासनद्वारा सुरक्षाको पुख्ता व्यवस्था गरिएको छ ताकि कुनै पनि प्रकारको अप्रिय घटना नहोस्।
यो पर्वले त्याग, समर्पण, प्रेम एवं मानवताको सन्देश दिन्छ। समाजमा आपस्तमा सौहार्द र भाइचारालाई मजबुत बनाउने काम गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा