
नयाँ दिल्ली, 28 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले बिहिवार ठूलो संगठनात्मक फेरबदल गर्दै दिल्ली, हरियाणा, पञ्जाब र त्रिपुरामा नयाँ प्रदेश अध्यक्षहरू नियुक्त गरेको छ। पार्टीद्वारा जारी आधिकारिक विज्ञप्ति अनुसार सबै नियुक्तिहरू तत्काल लागू भएका छन्।
भाजपाले केन्द्रिय राज्यमन्त्री हर्ष मल्होत्रालाई दिल्लीमा नयाँ प्रदेश अध्यक्ष नियुक्त गरेको छ। हरियाणामा महिला नेत्री अर्चना गुप्तालाई प्रदेश अध्यक्ष नियुक्त गरिएको छ।
अर्को वर्षको विधानसभा चुनाउलाई ध्यानमा राख्दै भाजपाले पञ्जाबमा पनि संगठनात्मक परिवर्तन गरेको छ। पार्टीले केवल सिंह ढिल्लनलाई पञ्जाब भाजपाको प्रमुख नियुक्त गरेको छ। यसका साथै त्रिपुरामा विधायक अभिषेक देबरोयलाई प्रदेश अध्यक्ष नियुक्त गरिएको छ।
भाजपाले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय अध्यक्ष नितिन नवीनले यी नियुक्तिहरूलाई अनुमोदन गरेको उल्लेख छ। पार्टी नेतृत्वको भनाई छ, नयाँ प्रदेश अध्यक्षहरूले संगठनलाई सुदृढ़ पार्न र आगामी चुनाउमा बलियो प्रदर्शन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी