
कोलकाता, 28 मई (हि.स.)। तृणमूल कङ्ग्रेसका नेता औ पूर्व राज्यसभा सांसद डा. शान्तनु सेनले पार्टीको राष्ट्रिय प्रवक्ताको पदबाट राजीनामा दिएका छन्। आफ्नो राजीनामा पत्रमा उनले तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीलाई सम्बोधन गरेका छन्।
डा. शान्तनु सेनले पत्रमा लेखे, कठिन परिस्थिति तथा केही मुद्दाहरूमा मतभेद रहे पनि उनले सदैव सार्वजनिक रूपमा पार्टीको पक्ष राखे अनि विवादित मामिलाहरूमा पार्टीको पक्षबाट सशक्त लड़ाईँ लड़े। यसको लागि आम जनताले कैयौं पटक उनको प्रशंसा समेत गरे।
तथापि उनले वर्तमान परिस्थितिमाथि चिन्ता व्यक्त गर्दै भने, आर.जी. कर मामिला, अभया मामिला औ नोकरीको सट्टा पैसा जस्ता भ्रष्टाचार अनि अनैतिक गतिविधिहरूको कारणले बङ्गालका जनताले पार्टीलाई अस्वीकार गरेका छन्।
उनले अझ लेखे, जनताको फसेलालाई सम्मान गर्दै अब उनको मनले राष्ट्रिय प्रवक्ताको पदमा बस्ने अनुमति दिँदैन। त्यसैकारण उनले पार्टीको अखिल भारतीय प्रवक्ता पदबाट राजीनामा दिने निर्णय लिएका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा