निमतामा विरोध गर्ने क्रममा तृणमूल सांसद सौगत रायमाथि अण्डा फालियो
निमतामा विरोध गर्ने क्रममा तृणमूल सांसद सौगत रायमाथि अण्डा फालियो


कोलकाता, 28 मई (हि. स.)। तृणमूल काङ्ग्रेसका वरिष्ठ नेता औ दमदमबाट सांसद सौगत रायमाथि बिहीवार उत्तर 24 परगना जिल्लाको निमता क्षेत्रमा भएको विरोध प्रदर्शन अवधि अण्डा फालिएको घटना प्रकाशमा आएको छ। घटनापछि क्षेत्रमा राजनीतिक तनाउ बढ़ेको छ।

जानकारी अनुसार गए बुधवार तृणमूलका पाँच जना पार्षदहरूको घरमा भएको कथित हमलाको विरोधमा सांसद सौगत राय पार्टी नेताहरू एवं कार्यकर्ताहरूको साथमा निमता थानामा सिकायत दर्ता गर्न पुगेका थिए। थानादेखि बाहिरिँदै गर्दा त्यहाँ उपस्थित प्रदर्शनकारीहरूले उनलाई घेरेर ‘चोर-चोर’- को नारा लगाए। आरोप छ, यसै अवधि भीड़बाट कसैले उनीमाथि अण्डा फाले।

स्थितिलाई मध्यनजर गर्दै पार्टी कार्यकर्ताहरूले तुरून्तै सांसदलाई वाहनमा बसाएर त्यहाँबाट प्रस्थान गराए। तथापि यस घटनामा उनलाई कुनै पनि प्रकारको चोट लागेको छैन।

घटनापछि सौगत रायले आरोप लगाए, यो सम्पूर्ण विरोध प्रदर्शन भाजपा समर्थकहरूद्वारा गराइएको हो। उनले भने, हामी तृणमूल पार्षदहरूको घरमा भएको हमलाको सिकायत गर्न गएका थियौं। बाहिर निक्लिँदै गर्दै केही मानिसहरूले ‘चोर-चोर’- को नारा लगाउन शुरू गरे। मैले प्रश्न गरे, कसलाई चोर भनिँदैछ। यतिकैमा उनीहरूले दुर्व्यवहार गरे। भाजपाको आफ्ना कार्यकर्ताहरूमाथि कुनै नियन्त्रण छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande