अवैध घुसपैठीहरूको लागि बनाइएको होल्डिङ्ग सेन्टरमा भोजन र चिकित्साको विशेष व्यवस्था
अवैध घुसपैठीहरूको लागि बनाइएको होल्डिङ्ग सेन्टरमा भोजन र चिकित्साको विशेष व्यवस्था


कोलकाता, 28 मई (हि.स.)। पश्चिम बङ्गाल सरकारले अवैध बङ्गलादेशी घुसपैठीहरूको लागि बनाइएको अस्थायी होल्डिङ्ग सेन्टरहरूमा भोजन तथा उपचारको व्यापक व्यवस्था गरेको छ। राज्य प्रशासनको भनाइ छ, सीमा सुरक्षा बललाई सुम्पिइनअघि यी घुसपैठीहरूलाई मानवीय सुविधा उपलब्ध गराइनेछ।

नवान्नका एकजना वरिष्ठ अधिकारी अनुसार नयाँ राज्य सरकारको नीति अन्तर्गत अवैध घुसपैठीहरूलाई पहिला होल्डिङ्ग सेन्टरमा राखिँदैछ। त्यसपछि मात्र उनीहरूलाई सीमा सुरक्षा बलको नजिकैको चौकीमा सुम्पिइनेछ जहाँबाट उनीहरूलाई स्वदेश फर्काइनेछ।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले पछिल्लो साता भनेका थिए, अवैध बङ्गलादेशी घुसपैठीहरूलाई अदालतमा पेश गरिनेछैन। उनले पुलिसलाई निर्देश दिएका छन्, उनीहरूलाई पहिला उचित भोजन दिइयोस्, त्यसपछि सीमा सुरक्षा बललाई सुम्पिइयोस्।

हकिमपुर सीमा क्षेत्रमा बङ्गलादेशी घुसपैठीहरूलाई उनीहरूको देश फर्काउनको लागि अस्थायी होल्डिङ्ग सेन्टर बनाइएको छ। गत मङ्गलवार रातीदेखि यहाँ ठूलो सङ्ख्यामा घुसपैठीहरू आइरहेको खबर प्राप्त भएको छ। प्रशासनले त्यहाँ भोजन र प्राथमिक उपचारको व्यवस्था गरिदिएको छ।

मालदा जिल्लाका पुलिस अधीक्षक अनुपम सिंहले बिहीवार बताए, होल्डिङ्ग सेन्टरहरूमा बस्ने मानिसहरूको लागि भोजन र आवासको पूर्ण व्यवस्था गरिएको छ। जिल्ला पुलिस तथा नागरिक प्रशासनले संयुक्त रूपमा हेरचाह गरिरहेको छ। स्वयं सहायता समूहका महिलाहरूलाई खाना बनाउने जिम्मेवारी दिइएको छ। दिनमा चार पटक भोजन उपलब्ध गराइँदैछ।

उत्तर बङ्गालको निम्ति पहिलो होल्डिङ्ग सेन्टर गत सोमवारदेखि मालदा जिल्लाको इङ्ग्लिश बजार छेउमा बागबाड़ीको चन्दन पार्कमा शुरू गरिएको छ। यो केन्द्र स्वयं सहायता समूहको विपणन भवनमा बनाइएको छ।

पुलिस अधीक्षक अनुसार हाल यहाँ नौ जना मानिसहरू उपस्थित छन् जसमा तीन जना महिला, छ जना बाल-बालिका तथा एकजना किशोर सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande