
कोलकाता, 28 मई (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता औ पश्चिम बङ्गालका मन्त्री दिलीप घोषले फेरि एकपटक घुसपैठप्रति शून्य सहिष्णुताको कुरालाई दोहोऱ्याए। बिहीवार बिहान सम्वाददाताहरूलाई सम्बोधन गर्दै उनले भने, विदेशीहरूलाई बोलाइयो, सरकारी सुविधा दिइयो, भारतीय नागरिकता प्रमाण पत्र पनि दिइयो। तर हाम्रो सरकारले फसेला गरेको छ, कुनै पनि विदेशीलाई कुनै सुविधा वा यहाँ बस्ने अनुमति नदिने। हामी आशा गर्छौं कि अवैध रूपमा आएका मानिसहरू आफ्नो देश फर्किउन्। उनीहरू सबैले सरकारी लाभहरूको उपभोग गर्न बन्द गरुन्।
दिलीप घोषले भने, तृणमूलले अवैध बङ्गलादेशीहरूको लागि अवैध कागजी कारबाही गऱ्यो, यिनीहरू सबै अब फर्किनुपर्छ।
ईदको अवसरमा यातायातको मुद्दामाथि बोल्दै मन्त्री घोषले भने, प्रत्येक मानिसलाई आफ्नो चाड़-पर्व मनाउने अधिकार छ, तर यो अन्यको दैनिक जीवनमा बाधा बन्न चाहिँ हुँदैन। हाम्रो सरकारले फसेला गरेको छ, कुनै पनि उत्सव मनाउनको लागि पुलिसमा आवेदन गर्न सकिन्छ, तर पुलिसले उत्सव कहाँ र कसरी आयोजना गर्नुपर्छ भन्ने कुरा तय गर्नेछ। यस ईदमा ब्रिगेड ग्राउण्डलाई आवन्टन गरिएको छ, यहाँ ठूलो ठाउँ छ, यहीँ मात्र उत्सव मनाइयोस्, तर सड़कमा कुनै पनि समारोह आयोजन गर्ने अनुमति दिइनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा