राजनाथ सिंहले 30 मईमा नौसेना संग्रहालयको लोकार्पण गर्ने
राज


लखनऊ, 28 मई (हि.स.)। रक्षामन्त्री एवं लखनऊका सांसद राजनाथ सिंह र मुख्यमन्त्री योगी आदित्यानाथले 30 मईमा सीजीसीटी लखनऊमा नवनिर्मित नौसेना संग्रहालयको लोकार्पन गर्नेछन्।

बिहिवार पर्यटन महानिदेशक वेदपति मिश्राले भने, नौसेना संग्रहालय भारतीय नौसेना र उत्तर प्रदेश पर्यटन विभागले संयुक्त रूपमा निर्माण गरेको हो। यसले समुद्रको रक्षा गर्ने नौसेनाको वीरता, शक्ति, पराक्रम र तकनीकी दक्षता प्रदर्शन गर्दछ। आगन्तुकहरूले यस संग्रहालयमा असंख्य नौसेना उपकरणहरू हेर्न सक्नेछन्। यस बाहेक शौर्य वाटिका खुला हावा संग्रहालयमा टीयू-142 विमान र एसके-42बी हेलिकप्टर स्थापना गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande