पूर्व मन्त्री सुजीत बसुले ईडीको पक्राउलाई कलकत्ता उच्च अदालतमा चुनौती दिए
पूर्व मन्त्री सुजीत बसुले ईडीको पक्राउलाई कलकत्ता उच्च अदालतमा चुनौती दिए


कोलकाता, 28 मई (हि.स.)। पश्चिम बङ्गालका पूर्व अग्निशमन मन्त्री औ तृणमूल कङ्ग्रेस नेता सुजीत बसुले प्रवर्तन निदेशालय (ईडी)- द्वारा गरिएको आफ्नो पक्राउलाई कलकत्ता उच्च अदालतमा चुनौती दिएका छन्। नगरनिगम नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा पर्ने सुजीत बसु न्यायिक हिरासतमा जेलभित्र थुनिएका छन्।

सूत्र अनुसार सुजीत बसुका वकिलद्वारा दर्ता याचिकामा चाँड़ै नै कलकत्ता उच्च अदालतमा सुनवाई हुनसक्छ। यो मामिलामा न्यायमूर्ति शम्पा दत्त पालको अदालतमा शुक्रवार विशेष आधारमा उठाउन सकिने सम्भावना व्यक्त गरिँदैछ।

ईडीले पछिल्लो लामो समयदेखिकै नगरनिगम नियुक्ति भ्रष्टाचार मामिलामा सुजीत बसुसित जाँचबुझ गर्दै आइरहेको थियो। जाँच एजेन्सीको आरोप छ, दमदम नगरपालिकामा नोकरी दिलाउने नाममा अवैध रूपमा उम्मेद्वारहरूको नाममा प्रस्ताव राखियो जसको सट्टा ठूलो धनराशि लिइयो।

जाँच गर्ने क्रममा ईडीले उनलाी कैयौं पटक जाँचबुझको लागि नोटिस पठाएको थियो। तर विधानसभा चुनाउको कारणले आफू चुनाउ प्रचारमा व्यस्त भएको बताउँदै उनले अदालतको ढोका ढक्ढकाएका थिए। पछि चुनाउ समाप्त भएपछि उनी ईडी समक्ष पेश भएका थिए जहाँ उनीसित कैयौं चरणको लामो जाँचबुझ भयो।

अब पक्राउलाई चुनौती दिँदै याचिका दर्ता गरिएपछि यस मामिलामा कानूनी र राजनीतिक खैलाबैला तीव्र भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande