आइतवार आठ घण्टाको लागि बन्द रहनेछ दोस्रो हुगली सेतु
आइतवार आठ घण्टाको लागि बन्द रहनेछ दोस्रो हुगली सेतु


कोलकाता, 28 मई (हि.स.)। रखरखाउ कार्यको लागि आइतवार दोस्रो हुगली सेतु अर्थात विद्यासागर सेतु आठ घण्टाको लागि बन्द रहनेछ। त्यस दिन बिहान 6 बजेदिखि अपरान्ह 2 बजेसम्म यस पुलमा सबै प्रकारको यातायातलाई पूर्ण रूपले बन्द गर्ने निर्णय लिइएको छ।

बिहीवार प्रशासनिक सूत्रबाट प्राप्त जानकारी अनुसार पुलको आपतकालीन स्वास्थ्य जाँच तथा केबल वा अन्य यान्त्रिक बुनियादी ढाँचालाई मरम्मत गर्नको लागि अस्थायी प्रतिबन्ध लगाइएको हो। आठ घण्टासम्म यो पुल बन्द हुने भएकोले कोलकाता र हावड़ाबीच यात्रा गर्ने मानिसहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्ने वा निवेदिता सेतु वा हावड़ा पुलको उपयोग गर्ने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande