
बीरभूम, 29 मई (हि.स.)। बीरभूमका दिग्गज नेता तृणमूल नेता अनुव्रत मण्डल जसको निर्देशलाई नै अन्तिम मानिन्थ्यो, जेलबाट फर्किएपछि बीरभूमको राजनीतिमा ठूलो परिवर्तन आयो। एक समयमा अत्यन्त प्रभावशाली मानिने अनुव्रत मण्डल अहिलेघरि शक्तिहीन भए जस्तै भएका छन्। राज्यमा सत्ता परिवर्तन भएदेखि नै उनी लगभग घरमै सीमित भएका छन्। सूत्र अनुसार मण्डलको सुरक्षामा तैनाथ राज्य पुलिसका तीन जना सुरक्षाकर्मीहरूलाई पनि गए बिहीवाररातीदेखि हटाइएको छ।
राज्य ग्रामीण विकास बोर्डका अध्यक्षको रूपमा अनुव्रत मण्डललाई पछिल्लो लामो समयदेखिकै वाई प्लस सुरक्षा प्राप्त भएको थियो। हरेक समय उनको साथमा हतियारधारी पुलिसकर्मीहरू तैनाथ रहन्थे। यहाँसम्म कि बोलपुरको निचुपट्टीस्थित उनको घरमा समेत राज्य पुलिसका जवानहरूले पहरा दिन्थे। तर राज्यको सत्ता परिवर्तनपछि प्रभावशाली तृणमूल नेताको सुरक्षामा कटौती गरियो जसमा अनुव्रत पनि सामेल छन्।
वाई प्लस सुरक्षालाई हटाइएपछि उनको लागि दुई जना सशस्त्र पुलिसकर्मी तथा घरमा एकजना पुलिसकर्मीलाई तैनाथ राखिएको थियो। तर गए बिहीवार रातीदेखि त्यो व्यवस्थालाई पनि समाप्त गरियो। अब उनको सुरक्षाको निम्ति निजी सुरक्षा व्यवस्था गर्न सकिने अनुमान सबैले लगाइरहेका छन्।
सूत्र मुताविक उनको लागि निजी सुरक्षा गरा्ड खोजिँदैछ। तथापि यस सम्पूर्ण मामिलामा अनुव्रतको पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्त गरिएको छैन।
स्मरण गराइन्छ, तृणमूल कङ्ग्रेसको सरकारमा अनुव्रत मण्डलको ठूलो दबदबा थियो। उनको बारेमा यो भनाइ प्रख्यात भएको थियो- “बाघ र गाईले एउटै घाटमा पानी पिउँछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा