
गुवाहाटी, 29 मई (हि.स.)। गुवाहाटीको बाहिरी इलाकामा डिमोरियामा राष्ट्रिय राजमार्गमा शुक्रवार भएको भयानक सड़क दुर्घटनामा एक महिला सहित चार जनाको मृत्यु भएको छ। अरुणाचल प्रदेशको सरकारी गाड़ी सड़क छेउमा पार्किङ गरिएको ट्रकसँग पछाड़ीबाट ठोक्किँदा दुर्घटना भएको हो। मृतकहरूको अझै पहिचान हुन सकेको छैन।
जानकारी अनुसार, सरकारी गाड़ी तीव्र गतिमा थियो। चालकले नियन्त्रण गुमाए र पछाड़ीबाट ट्रकलाई ठक्कर दिए। दुर्घटना यति गम्भीर थियो कि गाड़ी पूर्ण रूपमा चकनाचुर भयो र चारै जना यात्रुको घटनास्थलमै मृत्यु भयो।
घटनाको जानकारी पाएपछि स्थानीय पुलिस र द्धार टोली घटनास्थलमा पुगे। राहत एवं उद्धार कार्य चलाएर गाड़ीमा शवहरूलाई बाहिर निकालियो। पछि सबै शवहरू पोस्टमार्टमको लागि पठाइयो।
दुर्घटनाका कारण राष्ट्रिय राजमार्गमा यातायात अस्थायी रूपमा अवरुद्ध भयो। पुलिसले क्षतिग्रस्त गाड़ीलाई सड़कबाट हटाएर यातायात पुनःस्थापित गरेको छ।
पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। प्रारम्भिक अनुसन्धानले दुर्घटनाको सम्भावित कारण तीव्र गति वा कमजोर दृश्यता भएको देखाएको छ। अधिकारीहरूले अनुसन्धानमा सबै पक्षहरूलाई ध्यानमा राखिएको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी