
पश्चिम बर्दवान, 29 मई (हि. स.)। बर्नपुरको अपर रोडस्थित कङ्ग्रेस पार्टीको कार्यालयमाथि शुक्रवार नगर सेवा विभागद्वारा बुलडोजर चलाइयो। विभागको भनाइ छ, उक्त पार्टी कार्यालय विभागको जमीनमा अवैध रूपमा बनाइएको थियो। यसको लागि कुनै प्रकारको अनुमति लिइएको थिएन।
जानकारी अनुसार बर्नपुर वार्ड सङ्ख्या 78 अन्तर्गत बाटा मोड़को छेवैमा अवस्थित स्थानीय कङ्ग्रेस कमिटीको कार्यालयलाई नगर सेवा विभागले भत्काइदियो। भनिन्छ, सेल आईएसपीको स्टेट विभागले अवैध अतिक्रमणलाई हटाउनको लागि लगातार अभियान सञ्चालन गरिरहेको छ। यसै अभियान अन्तर्गत पहिला पनि तृणमूल कङ्ग्रेसका धेरै वटा कार्यालयहरूलाई बुलडोजरले भत्काइएको थियो।
नगर सेवा विभागको दाबी छ, कङ्ग्रेस कार्यालयलाई हटाउनको लागि केही दिनअघि नोटिस जारी गरिएको थियो, तर कङ्ग्रेसले कुनै पनि प्रकारको पदक्षेप लिएन। त्यसपछि शुक्रवार प्रशासनिक कारबाही गर्दै कार्यालयलाई ध्वस्त बनाइयो।
तथापि कङ्ग्रेस कार्यालय सामु अवस्थित शहीद बेदीलाई भने भत्काइएन। बताइए अनुसार कङ्ग्रेस नेताहरूले प्रबन्धनसित शहीद वेदीलाई सुरक्षित राख्ने अनुरोध गरेका थिए जसलाई स्वीकार गरियो।
यस मामिलामा प्रतिक्रिया व्यक्त गर्दै कङ्ग्रेस ब्लक अध्यक्ष प्रेम नारायण सिंहले भने, यो अत्यन्त दुःखदायी घटना हो। उनले आरोप लगाए, पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि बुलडोजरको राजनीति शुरू गरिएको छ। उनले भने, कङ्ग्रेसको यो कार्यालय लगभग 40 वर्ष पुरानो थियो जसलाई 34 वर्षको वान शासन र 15 वर्षको तृणमूल शासनकालमा कहिल्यै नोक्सान पुऱ्याइएको थिएन। अब भाजपाको सरकार बनेपछि लगातार बुलडोजर कारबाही गरिँदैछ। प्रेम नारायण सिंहले यो पनि भने, शहीद बेदीलाई पनि भत्काउने कुरा गरिरहेको थियो, तर पार्टीका नेताहरूको अनुरोधमा यसलाई बचाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा