बारूइपुर स्टेशनमा हकर्सलाई हटाएकोमा तनाउ
बारूइपुर स्टेशनमा हकर्सलाई हटाएकोमा तनाउ


बारुइपुर, 29 मई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको सियालदह दक्षिण शाखा अन्तर्गत बारुइपुर रेलवे स्टेशनमा शुक्रवार हकर्सलाई हटाएको घटनाले व्यापक तनाउ फैलाएको छ। पछिल्लो लामो समयदेखिकै स्टेशन परिसरमा हकर्सहरूले आफ्नो व्यापार चलाएर परिवार धान्दै आइरहेका छन्। अन्य स्टेशनहरूमा जस्तै बारुइपुर स्टेशनबाट पनि हकर्सलाई हटाउने पहल रेलवे प्रशासनद्वारा शुरू गरिएको छ।

यसै क्रममा शुक्रवार अपरान्ह रेलवेका अधिकारीहरू रेलवे पुलिसको साथमा स्टेशन परिसरबाट अतिक्रमण हटाउनलाई त्यहाँ पुगे। आरोप छ, यस अभियान अन्तर्गत एउटा पसललाई भत्काइएपछि रिसले आगो भएका त्यहाँका अन्य हकर्सले विरोध प्रदर्शन गर्न शुरू गरे।

हकर्सको भनाइ छ, पुनर्वास व्यवस्था नगरी उनीहरूलाई बलजफ्ती हटाउन सक्दैन। उनीहरूको दाबी छ, वर्षौंदेखिको स्टेशनमा पसल सञ्चालन गरी उनीहरूले आफ्नो घर धान्दै आइरहेका छन्। अचानक पसललाई हटाइयो भने उनीहरूको निम्ति रोजगारको सङ्कट उत्पन्न हुनेछ।

घटना बारे खबर फैलिनसाथ व्यापक मात्रामा हकर्स तथा उनीहरूका समर्थकहरू स्टेशन परिसरमा भेला भए। स्टेशनका विभिन्न भागहरूमाविरोध प्रदर्शन शरू गरियो जसबाट स्थिति तनाउपूर्ण भयो। हकर्सको समर्थनमा माकपा (सीपीएम) पनि आन्दोलनमा सामेल भयो। पार्टीको पक्षबाट भनियो, वैकल्पिक पुनर्वासको व्यवस्था नगरी कुनै पनि स्थितिमा हकर्सलाई हटाउनु हुँदैन।

विरोध प्रदर्शनको कारणले हाल अतिक्रमण हटाऔं अभियानमाथि रोक लगाइएको छ। पछि रेलवे अधिकारीहरूले स्टेशन मास्टरको कक्षमा बैठक गरे। स्थितिलाई नियन्त्रण गर्नको लागि अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ। तथापि हकर्सको भविष्यलाई लिएर अनिश्चितता अहिले पनि कायमै छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande