
कोलकाता, 29 मई (हि.स.)। पश्चिम बङ्गालमा मौसमले लगातार स्वरूप फेरिरहेको छ। बङ्गालको खाड़ीबाट आइरहेको नम हावाको प्रभावले राज्यका विभिन्न भागहरूमा हावा-हन्डरी, मेघ गर्जनसितै वर्षा तथा बादल लाग्ने सम्भावना कायम छ। मौसम विभाग अनुसार, दक्षिण बङ्गाल र तटीय जिल्लाहरूमा आगामी केही दिनसम्म सामान्यदेखि मध्यम वर्षा हुनसक्ने अनुमान पनि लगाइएको छ।
राजधानी कोलकाता सहित वरपरका क्षेत्रहरूमा दिनभरि बादल छाउने, आद्रतापूर्ण गर्मी तथा बीच-बीचमा सामान्य वर्षा हुनसक्छ। यहाँको अधिकतम तापमान 31-34 डिग्री सेल्सियसबीच रहने सम्भावना व्यक्त गरिएको छ।
यसरी नै उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ र जलपाईगुड़ी जस्ता हिमाली क्षेत्रहरूको मौसम अपेक्षाकृत रमाइलो भइरहेको छ। यी क्षेत्रहरूमा हल्का वा मध्यम वर्षाको सिलसिला यथावत रहनसक्छ।
यता पश्चिम र तटीय बङ्गालको खड़गपुर, दिघा तथा सुन्दरबन क्षेत्रहरूमा तीव्र हावा तथा मेघ गर्जनसितै वर्षाका गतिविधिहरू देख्न सकिन्छ। मौसम विभागले केही मछुआराहरूलाई समुद्रमा सतर्क रहने सल्लाह दिएको छ।
मौसम वैज्ञानिकहरूको भनाइ छ, बङ्गालको खाड़ीमा नमीको मात्रा बढ़ेको कारणले सम्पूर्ण राज्यभरि नै आगामी केही दिनसम्म मौसम अस्थिर नै बनिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा