
बर्दवान, 29 मई (हि.स.)। दुर्गापुरमा अन्नपूर्णा भण्डार योजनासित सम्बन्धित अभियानलाई भाजपाले तीव्रता दिएको छ। पश्चिम बर्दवान जिल्लाको दुर्गापुर सिटी सेन्टर क्षेत्रमा भाजपाद्वारा अन्नपूर्णा भण्डार योजनाको फारम भर्ने प्रक्रियालाई विधिवत रूपमा शुरू गरियो। यस अभियानको नेतृत्व दुर्गापुरका विधायक लखन घुरुईले गरे। सिटी सेन्टरस्थित बड़तलाको छेवैमा आयोजित कार्यक्रममा सबैभन्दा पहिला अपर्णा सिंह नामक महिलाको फारम भरेर यस अभियानको औपचारिक शुरूआत गरियो।
यस अवसरमा विधायक लखन घुरुईले भने, विधानसभा चुनाउको समयमा भाजपाले आफ्नो घोषणा पत्रमा अन्नपूर्णा भण्डार योजना शुरू गर्ने वाचा गरेको थियो जसलाई अब व्यवहारमा लागू गर्ने काम शुरू भइसकेको छ। उनले भने, भाजपाले घोषणा मात्र गर्दैन, जे भन्छ, त्यो गर्छ।
लखन घुरुईले जानकारी गराउँदै भने, आगामी 1-देखि 5 जूनसम्ममा महिलाहरूको खातामा लक्ष्मी भण्डारको धनराशि पुग्नेछ। यसको साथै अन्नपूर्णा भण्डार योजनाको फारम भर्ने प्रक्रियालाई पनि तीव्रता दिइएको छ। उनले बताए, पछिल्लो सरकार कालमा लक्ष्मी भण्डारको फारम नभरेका वा कुनै कारणवश यस योजनादेखि वञ्चित रहेका महिलाहरूको समेत फारम फराइँदैछ ताकि अधिकभन्दा अधिक आवश्यकतामा रहेका महिलाहरूलाई लाभ प्राप्त होस्।
विधायकले भने, भाजपा सङ्गठनको तर्फबाट बूथ स्तरदेखि मण्डल स्तरसम्मका कार्यकर्ताहरूलाई जिम्मेवारी दिइएको छ। पार्टी कार्यकर्ताहरूले घर-घरमा गएर महिलाहरूको फारम भर्ने काम गर्नेछन्। उनले बताए, सरकारी स्तरमा विभिन्न वार्ड कार्यालयहरूमा दश हजार फारम वितरण गरिएको छ र आगामी दिनमा यो अभियानलाई अझ व्यापक स्तरमा सञ्चालन गरिनेछ।
कार्यक्रममा ठूलो सङ्ख्यामा स्थानीय महिलाहरू उपस्थित थिए। कतिपय महिलाहरूले यस योजनालाई लिएर उत्साह व्यक्त गर्दै भने, यदि यो योजना सही ढङ्गमा लागू भयो भने गरीब तथा मध्यम वर्गीय परिवारले ठूलो राहत पाउनेछ।
भाजपा नेताहरूको भनाइ छ, अन्नपूर्णा भण्डार योजनाको माध्यमबाट महिलाहरू तथा आवश्यकतामा रहेका परिवारहरूलाई सस्तो दरमा राशन तथा अन्य सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा