
पलामू, 29 मई (हि.स.)। पलामू जिल्लाको छतरपुर थाना अधिनस्थ पाटन सीमा संलग्न नगदारा गाउमाँ एकजना सहायक अध्यापकको गला काटेर हत्या गरियो। मृतकको पहिचान छतरपुर थाना क्षेत्रको चिल्हो खुर्द निवासी 45 वर्षीय उदय सिंहको रूपमा भएको छ।
गाउँकै एउटा स्कूलमा सहायक अध्यापकको रूपमा कार्यरत उदय सिंहले ग्रामीण डाक्टरको रूपमा पनि मानिसहरूको उपचार गर्दै आएका थिए। यो घटना उनको घर छेवैमा भएको हो। पुलिस अनुसन्धानमा कुनै परिचित व्यक्ति नै यस घटनामा सामेल रहेको आशङ्का व्यक्त गरिएको छ। शवको पोस्टमर्टम शुक्रवार बिहान मेदिनी राय मेडिकल कलेज एवं अस्पतालमा गरियो।
स्थानीय मानिसहरूबाट प्राप्त जानकारी अनुसार उदय सिंहलाई कुनै परिचितले फोन गरेर बोलाएको थियो। बोलाउने व्यक्तिसित बसेर उनले घरदेखि लगभग डेढ़ किलोमीटर टाड़ा खाने-पिउनेको पार्टी पनि गरेका थिए। यसै अवधि उनको हत्या गर्ने षड़यन्त्र रचियो। उपद्रवीहरूले उनको धारिलो हतियारले गला रेटेर हत्या गरिदिएका छन्। अबेर रातीसम्म घर नफर्किएको कारणले परिवारका सदस्यहरूले तिनलाई खोज्न शुरू गरे। खोज्ने क्रममा नागदारास्थित पाटन जाने मार्गमा उनको मोटरसाइकल भेटियो। त्यसपछि वरपर खोजी गर्दा उनको रगताम्मे शव भेटियो, सूचना पाउनसाथ पुलिसले दलबल सहित राती नै घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। थाना प्रभारीको भनाइ छ, घटनाको चाँड़ै नै खुलासा गरी आरोपीहरूलाई पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा