दक्षिण बङ्गालका केही जिल्लाहरूमा घना वर्षा, भीषण गर्मी र आद्रताबाट राहत
दक्षिण बङ्गालका केही जिल्लाहरूमा घना वर्षा, भीषण गर्मी र आद्रताबाट राहत


कोलकाता, 29 मई (हि. स.)। प्रचण्ड गर्मीसँगसँगै आद्रताबाट व्याकुल भइरहेको समयमा शुक्रवार अपरान्ह कोलकाता सहित दक्षिण बङ्गालका केही जिल्लाहरूमा हुरी तथा बिजुली चम्किनको साथै घना वर्षा भएको कारणले मानिसहरूले राहत महसूस गरिरहेका छन्।

अलिपुर मौसम विभागको पूर्वानुमान अनुसार 60-70 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावासितै मेघको गर्जन गर्जिएर वर्षा भयो। कोलकाता मात्र नबएर उत्तर तथा दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, बर्धमान समेत केही जिल्लाहरूमा पनि घना वर्षा दर्ता गरियो।

मौसम विभागले बतायो, पूर्व औ पश्चिम बर्धमान, हुगली, हावड़ा, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर तथा झाड़ग्राम जिल्लाको लागि रेड अलर्ट जारी गरिएको छ। यी क्षेत्रहरूमा हावा-हुन्डरी, घना वर्षा तथा वज्रपात हुने आशङ्का व्यक्त गरिएको छ।

वज्रपात र तीव्र हावालाई मध्यनजर गर्दै मौसम विभागले मानिसहरूलाई सतर्क रहने सल्लाह दिएको छ। प्रतिकूल मौसममा घरदेखि बाहिर कतै नजाने अपील मानिसहरूसित गरिएको छ। मछुआराहरूलाई पहिला नै समुद्रमा नजाने चेताउनी दिइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande