लक्खी भण्डारको पैसा पुरूषको खातामा आइरहेको आरोप, महिलाद्वारा थानामा सिकायत दर्ता
लक्खी भण्डारको पैसा पुरूषको खातामा आइरहेको आरोप, महिलाद्वारा थानामा सिकायत दर्ता


हुगली, 29 मई (हि.स.)। रिषड़ा नगरपालिकाको वार्ड नम्बर-एककी निवासी उर्मिला देवीले लक्खी भण्डार योजनाको धनराशि अर्को व्यक्तिको खातामा आइरहेको गम्भीर आरोप लगाएकी छन्। यस मामिलामा उनले श्रीरामपुर थानामा लिखित सिकायत दर्ता गराएकी छन्।

उर्मिला देवीले शुक्रवार बताइन्, उनले लक्खी भण्डार योजनामा आफ्नो नाम दर्ता गराएकी थिइन्। तर वरपरका अन्य महिलाहरूको खातामा योजनाको धनराशि आए पनि उनको खातामा कहिल्यै पैसा आएन।

महिलाको आरोप छ, लक्खी भण्डार योजनाको राशि विजय साव नामक एकजना पुरूषको ब्याङ्क खातामा जमा भइरहेको थियो। उर्मिला देवीको भनाइ छ, योजनाको फारममा उनको नाम दर्ता थियो, तर ब्याङ्क खाताको जानकारीमा विजय सावको नाम र खाता सङ्ख्या जोड़िएको थियो।

उनले बताइन्, उनले यस सम्बन्धमा विजय सावसित भेट गरेर सोध्दा तिनले उनलाई पाँच हजार रुपियाँ दिएर मामिलालाई सुल्झाउने प्रयास गरे।

त्यसपछि उर्मिला देवीले स्थानीय पार्षद समेत विभिन्न प्रशासनिक अधिकारीहरूलाई मामिलाको जानकारी गराइन्। उनको आरोप छ, पूर्व सरकारमा उनलाई कसैले न्याय दिएन।

राज्यमा सत्ता परिवर्तन भएपछि अब उनले पुलिसको सहारा लिएकी छन् र श्रीरामपुर थानामा औपचारिक सिकायत दर्ता गराएकी छन्। पुलिसले ममिलाको जाँच गरिरहेको छ।

अर्कोतिर विजय सावले हिन्दुस्थान समाचार समक्ष यो कुरा स्वीकार गरे, पैसा उनको खातामा पसेको छ जसलाई फर्काउनको लागि तिनी तयार छन्। उनले भने, मामिलालाई लिएर उनी स्थानीय पार्षद पार्थ सारथी गुप्ता समक्ष गएका थिए। उनले चाँड़ै समस्या समाधान गर्ने कुरा गरेका थिए, तर समाधान हुन सकेन।

यस मामिलामा प्रतिक्रिया लिनको लागि पार्षदसित बारम्बार फोन गरियो, तर पार्षदसित सम्पर्क हुन सकेन। तथापि पुलिस मामिलाको जाँचमा जुटिसकेको छ र पीड़ितालाई आरोपीविरूद्ध कारबाही गर्ने भरोसा दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande