
नयाँ दिल्ली, 29 मई (हि.स.)। दिल्लीका मेयर प्रवेश वाहीले शुक्रवार सिटी एसपी जोन कार्यालयमा नवनिर्मित आधुनिक लिफ्टको उद्घाटन गरे। कार्यक्रममा स्थानीय पार्षद सुमन कुमार गुप्ता पनि उपस्थित थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयरले भने, दिल्ली नगरनिगमले नागरिकहरूलाई श्रेष्ठ एवं सहज सेवा उपलब्ध गराउनको लागि निरन्तर आधारभूत सुविधाहरूलाई सुदृढ़ गरिरहेको छ। उनले भने, नयाँ लिफ्ट सञ्चालन भएपछि आम नागरिक मात्र नभएर वरिष्ठ नागरिक, दिव्याङ्गजन एवं कर्मचारीहरूलाई समेत ठूलो सुविधा हुनेछ। यो पहल निगम कार्यालयलाई अधिक सहज, आधुनिक एवं नागरिक-अनुकूल बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।
प्रवेश वाहीले भने, निगम प्रशासनले कार्यालयहरूमा आधारभूत सुविधाहरूको विकास एवं नागरिकहरूको लागि श्रेष्ठ वातावरण उपलब्ध गराउनको निम्ति विभिन्न विकासमूलक कार्यहरू गरिरहेको छ। नयाँ लिफ्टको सञ्चालन यसै दिशामा एक महत्वपूर्ण कदम हो।
स्थानीय पार्षद सुमन कुमार गुप्ताले यस सुविधाको लागि मेयर अनि निगम प्रशासनप्रति आभार व्यक्त गर्दै भने, यसबाट क्षेत्रका नागरिकहरूलाई कार्यालय आउन-जान धेरै सुविधा हुनेछ तथा जनसेवाको गुणस्तरमा पनि सुधार आउनेछ।
---
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा