राजौरीको मांजकोट सेक्टरमा आतङ्की खोजी अभियान सातौं दिनपनि जारी
राजौरीको मांजकोट सेक्टरमा आतङ्की खोजी अभियान सातौं दिनपनि जारी


राजौरी, 29 मई (हि.स.)। राजौरी जिल्लाको मांजकोट सेक्टरको गम्भीर मुगलन र डोरिमलको घना जंगलमा भारतीय सेना, जम्मू कश्मीर पुलिस र केन्द्रिय रिजर्भ पुलिस बलद्वारा संयुक्त घेराबन्दी र खोजी अभियान शुक्रवार सातौं दिन पनि जारी रह्यो।

क्षेत्रमा संदिग्ध आतंकीहरूको उपस्थिति रहेको संकेत पाइएपछि अपरेशन शुरु गरिएको थियो।

अपरेशन शेरूवाली एक महत्वपूर्ण चरणमा प्रवेश गरेसँगै बिहिवार राजौरीको डोरिमल वन क्षेत्रमा भारी गोलीबारी भएको थियो। सुरक्षा बलहरूले घना जंगलमा लुकेका संदिग्ध आतंकीहरूलाई मार्न घेराबन्दी कड़ा पारेका थिए।

अधिकारीहरू अनुसार, बलियो र अभेद्य घेराबन्दी सुनिश्चित गर्न र घना जंगलबाट भाग्ने आतंकीहरूको कुनै पनि प्रयासलाई रोक्नको लागि सुरक्षा बलहरूको भारी तैनाथी, अतिरिक्त सुदृढ़ीकरण र रसद समर्थन सहित भिड़न्त स्थलमा पठाइएको छ।

अपरेशन व्यापक स्तरमा भइरहेको छ र अधिकारीहरूले लुकेका आतंकीहरूलाई निष्क्रिय पार्न हरसम्भव प्रयास भइरहेको बताएका छन्। सम्पूर्ण क्षेत्र कड़ा सुरक्षा निगरानीमा छ र घना जंगलहरूमा खोजी कार्यहरू भइरहेका छन्।

अपरेशन शेरूवाली भारतीय सेना, जम्मू कश्मीर पुलिस र सीआरपीएफद्वारा जम्मू कश्मीरको राजौरी जिल्लामा शुरु गरिएको एक प्रमुख संयुक्त आतंकवाद विरोधी अभियान हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande