रेलको गतिलाई हुन्डरीले रोक्यो, रूख ढलेको कारणले ओएचई वायर चुँड़ियो, धेरै वटा ट्रेन डायभर्ट
रेलको गतिलाई हुन्डरीले रोक्यो, रूख ढलेको कारणले ओएचई वायर चुँड़ियो, धेरै वटा ट्रेन डायभर्ट


सिवान, 29 मई (हि.स.)। शुक्रवार बिहान आएको तीव्र हुरी तथा वर्षाको कारणले रेल परिचालनको गतिमा ब्रेक लगाइदियो। गोरखपुर-सिवान रेलखण्डको गौरी बजार नजिक रेलको ट्र्याकमा रूख ढलेर ओएचई वायर नै चुँड़ियो जसले गर्दा ट्रेनहरूको परिचालन पूर्ण रूपले प्रभावित भएको छ।

रेल प्रशासन अनुसार तकनिकी बाधाको कारणले केही महत्वपूर्ण ट्रेनहरूको रूटलाई परिवर्तन गर्नुपऱ्यो। 15708 आम्रपाली एक्सप्रेस, 15652 लोहित एक्सप्रेस, 02570 नयाँ दिल्ली-दरभङ्गा स्पेशल तथा 02564 नयाँ दिल्ली-बरौनी ट्रेनलाई कप्तानगञ्ज-थावे हुँदै सिवान मार्गबाट डायभर्ट गरिएको छ।

हावाको गति अत्यन्त तीव्र भएको कारणले गुड़िरहेका ट्रेनहरूलाई समेत भिन्न-भिन्न स्टेशनहरूमा रोक्नु पऱ्यो जसबाट यात्रीहरूलाई घण्टौंसम्म प्रतीक्षा गर्नुपऱ्यो। 15028 मौर्य एक्सप्रेस लगभग साढ़े तीन घण्टा, गोरखपुर-छपरा सवारी गाड़ी डेढ़ घण्टा, 15034 पाटलिपुत्र एक्सप्रेस एक घण्टा तथा 15566 वैशाली एक्सप्रेस लगभग एक घण्टा विलम्ब भयो।

हुन्डरी रोकिएपछि रेल प्रशासनले ट्र्याक र ओएचई लाइनको जाँच कार्य शुरू गरेको छ। अधिकारीहरूको भनाइ छ, मरम्मत कार्य पूरा हुनसाथ परिचालनलाई सामान्य बनाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande