बीरभूममा हत्या एवं हिंसाको मामिलामा तृणमूलका तीन जना नेता समातिए
बीरभूममा हत्या एवं हिंसाको मामिलामा तृणमूलका तीन जना नेता समातिए


बीरभूम, 29 मई (हि. स.)। जिल्लाको महम्मद बजार ब्लकका तृणमूल कङ्ग्रेस अध्यक्ष काली प्रसाद ब्यानर्जीलाई पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रानुसार उनलाई एउटा हत्याको मामिलामा पक्राउ गरिएको हो। आरोपीलाई शुक्रवार सिउड़ी अदालतमा पेश गरियो।

पुलिसले बतायो, काली ब्यानर्जी मात्र नभएर महम्मद बजार ब्लकका अर्का तृणमूल अध्यक्ष तापस सिन्हालाई पनि वर्ष 2021-को चुनाउपछि भएको हिंसाको मामिलामा गए बिहीवार राती उत्तर बङ्गालबाट पक्राउ गरिएको छ। यस अतिरिक्त महम्मद बजार पञ्चायत समितिकी तृणमूलकी पूर्व अध्यक्ष शम्पा महारालाई समेत पुलिसले पक्राउ गरेको छ।

एकै चोटि ब्लकका तीन जना नेताहरूलाई पक्राउ गरेको घटनापछि जिल्लाको राजनीतिमा चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande