
ग्वालपाड़ा (असम), 29 मई (हि.स.)। असमको ग्वालपाड़ा जिल्ला अधिनस्थ गोरैमारी क्षेत्रमा शुक्रवार भएको एक पीड़ादायी दुर्घटनामा तीन जना मानिसहरूको मृत्यु भयो। जानकारी अनुसार शौचालयको सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा अक्सीजनको अभाव भएको कारणले तीनै जनाको निसास्सिएर मृत्यु भएको हो।
मृतकहरूको पहिचान कृष्ण दास, विष्णु दास र यशोक राभाको रूपमा गरिएको छ। घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ।
सूचना पाउनसाथ स्थानीय मानिसहरू तथा पुलिस घटनास्थलमा पुगे। पुलिसले तीनै वटा शवलाई कब्जामा लिएर मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा