
हमीरपुर, 29 मई (हि.स.)। उत्तर प्रदेशको हमीरपुर जिल्लामा बेतवा नदीमा बनाइरहेको पुलको स्ल्याब भारी आँधीबेहरीका कारण ढल्दा 6 जना मजदुरको मृत्यु भएको छ। भग्नावशेषमुनि अन्य धेरैजना फसेको आशंका गरिएको छ। सूचना पाएपछि पुलिस र फायर ब्रिगेडका कर्मचारीहरू घटनास्थलमा पुगे र उद्धार कार्य सञ्चालन गरे।
लालपुरा पुलिस स्टेसन प्रभारी राकेश सरोजले शुक्रबार बिहान 3 बजीतिर शक्तिशाली आँधीका कारण पुलको एक भागको स्ल्याब ढलेको बताए। उनले यस घटनामा बान्दा निवासी लोकेन्द्र, कुलदिप, सावन्त यादव, स्वासा लालपुरा पुष्पेन्द्र सिंह र अछपुरा लालपुरा निवासी राजेश पालको मृत्यु भएको बताए। यसबाहेक अवधेश, कल्लू, राजेश र अन्य मजदुरहरू भग्नावशेषमा फसेका छन् र उनीहरूलाई बचाउन एसडीआरएफ टोलीले उद्धार अभियान चलाइएको छ।
जानकारीअनुसार, राज्यसभा सांसद बाबुराम निषादको पहलमा लालपुराको मोर्कान्दर र कुराराको कन्डोरबीच नयाँ पुलको निर्माण दुई वर्षअघि शुरु भएको थियो र करोडौँ रुपियाँ जारी गरिएको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी