
लखनऊ, 29 मई (हि.स.)। केन्द्रिय वित्त राज्य मन्त्री एवं भारतीय जनता पार्टी (भाजपा)-का प्रदेश अध्यक्ष पङ्कज चौधरीले भने, पीड़ा, दमन एवं अपमान सपाको पीडीएको नयाँ संस्करण हो।
चँदौलीमा समाजवादी पार्टीकी महिला जिल्लाध्यक्षमाथि सपा नेताहरूद्वारा उनको घरमै कुटपिट गरियो। जुन पार्टीको मञ्चबाट महिला सम्मान, सामाजिक न्याय औ अधिकारहरूको लामो-लामो भाषण दिइन्छ, त्यै पार्टीकी एकजना महिला पदाधिकारीसित गरिएको यस्तो व्यवहारले यी भाषणहरू खोक्रो रहेको कुरा स्पष्ट रूपमा दर्शाउँछ।
भाजपा प्रदेश अध्यक्षले शुक्रवार आफ्नो सोशल मीडिया पोस्टमा लेखे-
वाह रे राजनीति! मञ्चमा महिला सम्मानको कुरा, वास्तविकतामा आफ्नै पार्टीकी महिला पदाधिकारीसित यस्तो व्यवहार। यस्तो लाग्छ, सपाले बगमफुसे कुराहरू बढ़ी नै गर्छ। यही नै हो यिनीहरूको पीडीएको नयाँ संस्करण 'पीड़ा, दमन औ अपमान।' यो कुरा स्पष्ट छ, सपालीहरूको महिला सम्मानको मोडल पोस्टरहरूसम्म मात्र सीमित छ। प्रदेशका महिलाहरू सपाको यस चाल, भाजपाको चरित्र तथा मुहारदेखि चिर-परिचित छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा