ग्राइण्डर मशिनले आफ्नै गला काटेर युवकले गऱ्यो आत्महत्या
ग्राइण्डर मशिनले आफ्नै गला काटेर युवकले गऱ्यो आत्महत्या


प्रयागराज, 29 मई (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा स्थित फूलपुर थाना क्षेत्रको कोहना गाउँमा शुक्रवार एकजना युवकको ग्राइण्डर मशिनले गला काटेर मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई कब्जामा लिएर सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। पुलिसको भनाइ छ, प्रथम दृष्टया यो मामिला आत्महत्या प्रतीत भइरहेको छ। तथापि स्पष्ट कारण पत्तो लगाउनको लागि पोस्टमर्टम गराइँदैछ।

पुलिस उपायुक्त (गङ्गानगर) कुलदीप सिंहले बताए, प्रयागराजको फूलपुर थाना अन्तर्गत कोहना गाउँ निवासी शारुख (35)- को रहस्यमय परिस्थितिमा गला काटेर शुक्रवार मृत्यु भयो। परिवारको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर कानूनी कारबाही गर्दै पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

उनले बताए, जाँचबुझमा परिवारका केही मानिसहरूले बताए, पत्नीसित दिनहुँ जसो नै विवाद भइरहेको कारणले युवक धेरै दिनदेखिको तनाउमा थियो। शुक्रवार सवेरै उसले कोठामा राखिएको ग्राइण्डर मशिनले आफ्नो गला काटेर आत्महत्या गऱ्यो। तथापि परिवारको पक्षबाट कुनै रिपोर्ट दर्ता गरिएको छैन। पोस्टमर्टम रिपोर्ट आएपछि कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande