गान्तोक डीएसीमा एसआईआरको लागि हेल्प डेस्कको स्थापना
गान्तोक डीएसीमा एसआईआरको लागि हेल्प डेस्कको स्थापना


गान्तोक, 29 मई (हि.स.)। गान्तोकको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा एसआईआरको लागि आज हेल्प डेस्क स्थापना गरिएको छ। गान्तोक जिल्ला अन्तर्गत एसआईआर प्रक्रियासँग सम्बन्धित जिज्ञासाहरूको लागि जनतालाई सहयोग गर्न यो सहायता कक्ष स्थापना गरिएको बताइएको छ। यहॉंबाट आफ्ना सम्बन्धित अधिकारीहरूको बारेमा जानकारी चाहने नागरिकहरूको सुविधाको लागि विवरण पनि प्रदान गरिने छ।

यस अतिरिक्त, हेल्प डेस्कमा 2002 सालमा सम्पन्न गरिएको एसआईआरको रेकर्ड पनि राखिएको छ। यो हेल्प डेस्क सबै कार्य दिवसहरूमा बिहान 10 बजीदेखि दिउॅंसो 4:30 बजीसम्म खुल्ला रहनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande