
कोलकाता, 29 मई (हि.स.)। वनवासी कल्याण आश्रमको कोलकाता एवं हावड़ा महानगर एकाईको तत्वावधानमा पुरुषोत्तम मासको अवसरमा साल्टलेकमा श्रीराम कथाको आयोजन गरिँदैछ। युवभारती क्रीड़ाङ्गनको दी स्टेडल ब्याङ्क्वेटमा आयोजना भइरहेको राम कथा आगामी आइतवार अर्थात 31 मईदेखि शुरू हुनेछ। सात जूनसम्म चल्ने यस आयोजन अन्तर्गत आचार्य मृदुलकान्त शास्त्री (वृन्दावन)-ले श्रीरामको कथा वाचन गर्नेछन्।
आय़ोजनको अध्यक्षता प्रबुद्ध उद्योगपति विश्वनाथ सेकसरियाले गर्नेछन् भने चर्चित उद्योगपति प्रहलाद राय अग्रवालले आयोजन समितिको संरक्षकको भूमिका निर्वाह गर्नेछन्।
उल्लेखनीय छ, अखिल भारतीय वनवासी कल्याण आश्रमसित सम्बद्ध पूर्वाञ्चल कल्याण आश्रमले विगत 73 वर्षदेखिको जनजाति (वनवासी) समाजको उत्थानको निम्ति निरन्तर कार्य गर्दै आइरहेको छ जसको मुख्य उद्देश्य जनजाति समाजको शिक्षा, चिकित्सा, स्वावलम्बन एवं श्रद्धा जागरणको माध्यमबाट सर्वाङ्गीण विकास गर्दै उनीहरूलाई राष्ट्रको विकास धारासित जोड़्नु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा