मतगणनामा लापरवाहीमाथि कड़ा चेताउनी, नोकरी पनि जानसक्छ
मतगणनामा लापरवाहीमाथि कड़ा चेताउनी, नोकरी पनि जानसक्छ


कोलकाता, 03 मई (हि.स.)। पश्चिम बङ्गालमा सोमवार हुने विधानसभा चुनाउको मतगणनालाई लिएर चुनाउ आयोगले सरकारी कर्मचारीहरूलाई कड़ा चेताउनी दिएको छ। आयोगले स्पष्ट रूपमा भनेको छ, मतगणना अवधि कुनै पनि प्रकारको लापरवाही तथा नियमहरूको उल्लङ्घनलाई सहन गरिनेछैन। यदि कुनै कर्मचारीले गल्ती गरेको थाहा लागे सम्बन्धित कर्मचारी विरूद्ध कड़ा विभागीय कारबाही हुनसक्छ, यहाँसम्म कि नोकरी समेत जानसक्छ।

आयोगको सूत्र अनुसार यसपालि चुनाउ प्रक्रियाको शुरूआतदेखि नै कड़ा निगरानी राखिँदै आएको छ भने मतगणनाको दिन पनि कुनै पनि प्रकारको छुट दिइनेछैन। हालैमा दक्षिण 24 परगना जिल्लाको फलता विधानसभा क्षेत्रमा प्रिसाइडिङ्ग तथा पोलिङ्ग अधिकारीहरूले लापरवाही गरेको कुरा बाहिरिएको छ जसकारण उनीहरूमाथि कारबाही हुने सम्भावना व्यक्त गरिएको छ।

राज्यमा यसपालि दुई चरणमा मतदान सम्पन्न भयो भने रेकर्ड मतदान दर्ता भएको जानकारी प्राप्त भएको छ। 4 मई, सोमवार मतगणना हुनेछ। हाल सबै इलेक्ट्रनिक भोटिङ्ग मशीन (ईभीएम)-लाई कड़ा सुरक्षाबीच स्ट्रङ्गरूममा राखिएको छ। मतगणना पूर्ण रूपमा सुरक्षा घेराभित्र गराइनेछ।

मतगणनाको काम सरकारी कर्मचारीहरूले सम्हाल्नेछन् जसावधि चुनाउ आयोगका सबैै गाइडलाइनलाई कड़ाई पूर्वक पालन गर्नुपर्नेछ। आयोगले स्पष्ट पारेको छ, मतगणनाको पारदर्शिता औ निष्पक्षता सुनिश्चित गर्नको लागि कुनै पनि प्रकारको गल्तीलाई बेवास्ता गरिनेछैन।

मतगणनाको लागि राज्यमा 77 वटा केन्द्र बनाइएको छ। शान्तिपूर्ण ढङ्गमा मतगणना गराउनका लागि 165 जना काउन्टिङ्ग अब्जर्भरलाई तैनाथ गरिएको छ। यस अतिरिक्त अब्जर्भर र 77 जना पुलिस अब्जर्भरहरूलाई पनि नियुक्त गरिएको छ।

सुरक्षाको दृष्टिले मतगणना केन्द्रहरूलाई किल्लालाई जस्तै सुरक्षित बनाइएको छ। कतिपय स्थानहरूमा दण्ड प्रक्रिया संहिताको धारा 163 लागू गरिएको छ तथा स्ट्रङ्गरूमको 200 मीटरको घेरासम्म पाँच जना वा योभन्दा मानिसहरू भेला भएर बस्नमाथि रोक लगाइएको छ। आयोगको भनाइ छ, मतगणनापूर्व कुनै पनि प्रकारको तनाउपूर्ण स्थिति वा अवाञ्छित घटनालाई रोक्नको लागि यो कदम उठाइएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande