
आसनसोल, 03 मई (हि.स.)। आसनसोल दक्षिण विधानसभा सीटबाट भाजपाकी उम्मेद्वार अग्निमित्रा पालले आइतवार बिहान बर्नपुरको टाउन पूजा मन्दिरमा माँ कालीको पूजा-अर्चना गरिन् भने शिवालयमा जलाभिषेक गरिन्।
यो कार्यक्रम यस्तो समयमा भएको छ जतिबेला यस वर्ष 2026-को पश्चिम बङ्गाल विधानसभा चुनाउको परिणामले पहिलाबाटै राज्यको राजनीतिक गतिविधि तीव्र भएको छ साथै आसनसोल सीटलाई महत्वपूर्ण प्रतिस्पर्धाको रूपमा मानिन्दैछ।
पूजापछि मीडियासित बातचित गर्दै अग्निमित्रा पालले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई लक्षित गरिन् अनि भनिन्, एकातिर हिन्दू धर्मलाई लिएर आपत्तिजनक टिप्पणी गरिँदैछ भने अर्कोतिर चुनाउको बेलामा तृणमूल कङ्ग्रेसका नेतााहरूलाई मन्दिरमा गएर पूजा-पाठ गरिरहेको देखिँदैछ।
उनले आरोप लगाइन्, यो आचरण स्वाभाविक आस्थाको होइन, चुनावी रणनीतिको एक भाग हो। चुनाउको समयमा धार्मिक गतिविधिहरूको प्रदर्शन जनतालाई प्रभावित पार्ने प्रयास हो।
यसै अवधि अग्निमित्रा पालले एक बयानमा भनिन्:
“यो नर्मल इलेक्शन होइन। यो त पछिल्लो 15 वर्षदेखिको हिन्दुहरूमाथि भइरहेको अत्याचार, बङ्गालका मानिहरूमाथि भइरहेको अत्याचारविरूद्ध लड़ाईँ हो। यसअघि पनि 34 वर्षमा बङ्गाल पछाड़ि पऱ्यो। स्वतन्त्रता भएदेखि नै बङ्गाललाई पछि धकेलियो। यो लड़ाईँ स्वतन्त्रताको लड़ाईँ हो, धर्मको लड़ाईँ हो, नीति तथा सुशासनको लड़ाईँ हो।
हामी भगवानबाट आशीर्वाद लिन आएका हौं ताकि यस्तो सरकार बनोस् जसले सबैै धर्महरूको आस्थालाई सम्मान गरोस् तथा बङ्गाललाई अगाड़ि बढ़ाओस्। हामी घरबाट निक्लिनअघि आफ्ना माता-पितालाई प्रणाम गर्छौं भने आज मन्दिरमा आएर पूजा गऱ्यौं, किनभने भोलि निर्णायक दिन हो।
23 र 29 तारिकको दिन बङ्गालमा ‘सुनामी’ आएको थियो- 4 तारिक मतगणना हुँदैनछ- फेरि अर्को सुनामी आउनेछ। यो संविधान होइन, तानाशाही चलिरहेको छ, तर लोकतन्त्रमा संविधान सर्वोपरि हुन्छ। आगामी केही घण्टामा थाहा लाग्नेछ, यो सुनामी कुन दिशाबाट आएको हो र जनताले भारी मतदान किन गरेका हुन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा