भाजपा नेता कृष्णेन्दु मुखर्जीले निकाले धन्यवाद यात्रा
भाजपा नेता कृष्णेन्दु मुखर्जीले निकाले धन्यवाद यात्रा


आसनसोल, 03 मई (हि. स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउ 2026- का दुवै चरणमा भएको बम्पर भोटिङ्गपछि भारतीय जनता पार्टी (भाजपा)- का कार्यकर्ता एवं नेताहरूमा विशेष उत्साह देखिएको छ। व्यापक रूपमा मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गरेकोमा पार्टीदवार विभिनन क्षेत्रहरूमा धन्यवाद यात्रा निकालिँदैछ।

यसै क्रममा आसनसोलमा भाजपा नेता कृष्णेन्दु मुखर्जीको नेतृत्वमा एक विशेष धन्यवाद यात्रा आयोजना गरियो। यस अवसरमा पार्टी कार्यकर्ताहरूले मानिसहरूलाई अभिनन्दन गरे अनि लोकतन्त्रको यस महापर्वमा सहभागी भएकोमा मतदाताहरूलाई शुभकामना दिए। नेताहरूले भने, ठूलो सङ्ख्यामा मतदान गरेर जनताले लोकतन्त्रलाई सशक्त बनाउने काम गरेका छन्।

आज भाजपाका केही उम्मेद्वारहरूले विभिन्न मन्दिरहरूमा पूजा-अर्चना गरेर सोमवार हुन गइरहेको मतगणनापूर्व ईश्वरको आशीर्वाद लिए। नेताहरूले भारी मतले जीतको कामना गर्दै राज्यमा परिवर्तन आउने विश्वास व्यक्त गरे।

धन्यवाद यात्रा अवधि भाजपा समर्थकहरूमा व्यापक उत्साह देखियो। ठाउँ-ठाउँमा पार्टीको झण्डा अनि नाराबाजीको साथमा कार्यकर्ताहरूले मानिसहरूलाई अभिवादन गरे।पार्टी नेताहरूले दाबी गरे, यस चुनाउमा जनताले भाजपाको पक्षमा व्यापक समर्थन दिएका छन् जसको परिणाम मतगणनाको दिन सार्वजनिक हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande