मतगणनापूर्व मन्दिर पुगे भाजपा प्रत्याशी बुधराई टुडू, जीतको कामना
मतगणनापूर्व मन्दिर पुगे भाजपा प्रत्याशी बुधराई टुडू, जीतको कामना


दक्षिण दिनाजपुर, 03 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको परिणाम सार्वजनिक हुन एक दिनअघि राजनीतिक गतिविधि तीव्र भएको छ। तपन विधानसभा सीटबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार बुधराई टुडूले आइतवार बिहान पतिरामको प्रसिद्ध विद्येश्वरी मन्दिरमा पूजा-अर्चना गरे।

बुधराई टुडू आफ्ना समर्थक अनि पार्टी कार्यकर्ताहरूको साथमा मन्दिर पुगे जहाँ उनले विधि-विधान पूर्वक पूजा गरी माँ विद्येश्वरीको आशीर्वाद ग्रहण गरे। उनले आफ्नो जीत तथा राज्यमा परिवर्तनको कामना गरे।

मन्दिर परिसरमा बिहानदेखिकै भक्त अनि समर्थकहरूको भीड़ देखियो। यस अवसरमा मण्डल अध्यक्ष छोटन चक्रवर्ती, बीजेपी नेता विश्वनाथ साहा सहित केही स्थानीय कार्यकर्ताहरू उपस्थित थिए। पूजापछि प्रत्याशीले कार्यकर्ताहरूसित भेट गरी उनीहरूको उत्साह बढ़ाए।

पत्रकारहरूसित कुराकानी गर्दै बुधराई टुडूले भने, जनताको समर्थन हाम्रो साथमा छ। हामीले सकारात्मक परिणामको आशा गरिरहेका छौं। लोकतन्त्रमा जनताको फसेला नै सर्वोपरि हुन्छ र हामी त्यसलाई सम्मान गर्नेछौं।

स्मरण गराइन्छ, राज्यका 293 वटा विधानसभा सीटहरूमा भोलि एकसाथ मतगणना शुरू हुनेछ। प्रशासनले सबै काउन्टिङ्ग सेन्टरहरूमा सुरक्षाको कड़ा बन्दोबस्त गरेको छ। राज्यभरि नै चुनाउ परिणामलाई लिएर उत्सुकता अनि राजनीतिक माहोल चरममा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande