बीजेपी उम्मेद्वार शङ्कर घोषले मन्दिरमा गरे पूजा, ‘नयाँ बङ्गाल’- को कामना
बीजेपी उम्मेद्वार शङ्कर घोषले मन्दिरमा गरे पूजा, ‘नयाँ बङ्गाल’- को कामना


सिलगढ़ी, 03 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको परिणाम आउन एक दिनअघि भारतीय जनता पार्टी (बीजेपी)-का उम्मेद्वार शङ्कर घोषले आस्थाको सहारा लिँदै आइतवार रथखोला मोड़स्थित कालीबाड़ी मन्दिरमा पूजा-अर्चना गरे।

मन्दिरमा विधि-विधान पूर्वक पूजा गरेपछि घोषले माँ कालीको आशीर्वाद लिए साथै राज्यका मानिसहरूको कल्याणको लागि प्रार्थना गरे। यस अवसरमा उनको साछा पार्टीका धेरैजना कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए।

पत्रकारहरूसित कुराकानी गर्दै उनले भने, आज राज्यभरि नै बीजेपीका उम्मेद्वारहरूले मन्दिरमा गए पूजा गरिरहेका छन्। हामीले माँसित प्रार्थना गरिरहेका छौं, भोलि मतगणनासितै पश्चिम बङ्गालमा एउटा नयाँ युगको शुरूआत होस्।

उनले अझ भने, लोकतन्त्रमा जनताको फसेला नै सर्वोपरि हुन्छ। आशा छ, मानिसहरूको जनादेशले राज्यलाई विकासको मार्गमा अग्रसर गराउनेछ। मतगणनापूर्व बीजेपीले यसरी मन्दिरहरूमा पुगेर पूजा गर्नुलाई राजनीतिक रूपमा पनि अहम मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande