
रायपुर, 03 मई (हि.स.)। पश्चिम बङ्गालको चुनाउ परिणामलाई लिएर उपमुख्यमन्त्री अरूण सावले भनेका छन्, तृणमूल कङ्ग्रेससित खेला हुनेछ र बङ्गालमा कमल फुल्नेछ। चुनाउ परिणाममा जनताको झुकाउले स्पष्ट रूपमा भाजपालाई ठूलो सफलताको सङ्केत दिरहेको छ।
आफ्नो निवास स्थानमा पत्रकारहरूसित चर्चा गर्दै उपमुख्यमन्त्री सावले भने, असम र पुण्डुचेरीमा भाजपाको सरकार बन्नेछ। निश्चित रूपमा पश्चिम बङ्गालमा पनि भाजपाकै सरकार बन्नेछ। पश्चिम बङ्गालका जनताले तृणमूल कङ्ग्रेससित खेला खेलिसकेका छन्। जनताको सट्टामा घुसपैठीहरूको साथमा उभिने काम ममता ब्यानर्जीले गरेकी छन्। सावले आरोप लगाए, पश्चिम बङ्गालमा टीएमसी सरकार कालमा गुण्डागिरी, अत्याचार तथा भ्रष्टाचार चरममा छ। उनले दाबी गरे, जनता अब यस शासनदेखि त्रस्त भइसकेका छन्, त्यसैले टीएमसीलाई मास्ने निश्चित गरेका छन्। उनले आरोप लगाए, टीएमसी सरकारले घुसपैठीहरूलाई समर्थन गरिरहेको छ जसबाट बङ्गालका बासिन्दाहरूका अधिकारहरूको हनन भइरहेको छ भने मानिसहरू सुरक्षित छैनन्।
प्रदेशभरिका जिल्ला मुख्यालयहरूमा महँगीको विरोधमा कङ्ग्रेसले गरिरहेको प्रदर्शनको सन्दर्भमा उपमुख्यमन्त्री सावले भने, कङ्ग्रेस पार्टीको पाकिस्तानप्रतिको प्रेम उजागार हुन्छ। पाकिस्तानमा कङ्ग्रेस नेता हीरो बन्छन्। महँगीको कुरा गरिरहेका छन्, तर उनीहरूले आफ्नो रुचिकर देश पाकिस्तानसित सोधुन्। उनले मोदीको नेतृत्वमा विश्वको तुलनामा देशमा महँगी कम रहेको दाबी समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा