दिल्लीका उपराज्यपालले विवेक विहारका अग्निकाण्ड पीड़ितहरूलाई चाँड़ै राहत पुऱ्याउने निर्देश दिए
दिल्लीका उपराज्यपालले विवेक विहारका अग्निकाण्ड पीड़ितहरूलाई चाँड़ै राहत पुऱ्याउने निर्देश दिए


नयाँ दिल्ली, 03 मई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले विवेक विहार अग्निकाण्ड पीड़ितहरूप्रति संवेदना व्यक्त गर्दै चाँड़ै राहत पुऱ्याउने निर्देश दिए।

उल्लेखनीय छ, आइतवार बिहान सवेरै विवेक विहारको एउटा भवनमा आगो लागेर नौ जना मानिसहरूको मृत्यु भयो।

उपराज्यपालले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भने, यस अग्निकाण्डको कारणले उनको मन अत्यन्त व्यथित भएको छ। उनले यस अग्निकाण्डमा आफ्ना प्रियजनहरूलाई गुमाउने परिवारहरूप्रति संवेदना व्यक्त गरे।

उपराज्यपालले घाइतेहरूलाई आवश्यक चिकित्सा प्रदान गर्ने तथा प्रभावित मानिसहरूलाई तत्काल राहत अनि सहयता पुऱ्याउने निर्देश सम्बन्धित विभागीय अधिकारीहरूलाई दिएका छन्। उनले भने, दिल्ली अग्निशमन सेवाका कर्मी तथा आपतकालीन दलले स्थितिलाई सम्हाल्नको लागि अथक प्रयास गरिरहेका छन्।

उपराज्यपालले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा शोक सन्तप्त परिवारहरूलाई यस कठिन घड़ीमा सहन गर्ने शक्ति प्रदान गरून् भनी ईश्वरसित प्रार्थना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande