आजदेखि गुवाहाटी नगरनिगमको ‘स्वच्छता अभियान 2.0’ शुरू
आजदेखि गुवाहाटी नगरनिगमको ‘स्वच्छता अभियान 2.0’ शुरू


गुवाहाटी, 03 मई (हि.स.)। गुवाहाटी नगरनिगम (जीएमसी)- को ‘स्वच्छता अभियान 2.0’- को शुभारम्भ आजदेखि शुरू भयो। यस अभियानको उद्घाटन मेयर मृगेन शरणियाले गरे।

अभियान अन्तर्गत शहरमा स्वच्छतालाई प्रेरित गर्नु अनि नागरिकहरूलाई जागरूक गर्ने उद्देश्यले विशेष कार्यक्रमहरूको आयोजना गरिनेछ। अभियान अवधि मानिसहरूलाई सर-सफाईप्रति अधिक सजग र जिम्मेवार बन्ने सन्देश दिइयो।

कार्यक्रमको अवसरमा स्वच्छताप्रति जागरूकता फैलाउनको लागि एक विशेष वाहनलाई पनि हरियो झण्डा देखाएर प्रस्थान गराइयो जसले शहरका विभिन्न क्षेत्रहरूमा पुगेर मानिसहरूलाई जागरूक गराउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande