
कुचबिहार, 03 मई (हि.स.)। शहरको राजारहाट कालितला क्षेत्रमा आइतवार बिहान एक पीड़ादायी दुर्घटना भएको छ। एउटा सानो कार र यात्रीहरूले भरिएको अटो आपस्तमा ठोक्किएर दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। यस घटनामा अन्य चार जना मानिसहरू घाइते भए।
स्थानीय सूत्र अनुसार कार राजारहाटदेखि खागड़ाबाड़ी तर्फ गइरहेको थियो, यसै क्रममा विपरीत दिशाबाट आइरहेको अटोसित ठोक्कियो। यस भयानक ठक्करको तीव्र आवाज सुनेर वरिपरीका मानिसहरू घटनास्थलमा पुगे अनि राहत-बचाउ कार्य शुरू गरे।
घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। घाइतेहरूलाई तुरून्तै अस्पतालमा लगियो। सबै घाइतेहरूलाई कुचबिहार एमजेएन मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ जहाँ उनीहरूको अवस्था सोचनीय रहेको बताइएको छ। उनीहरूलाई सीसीयूीमा राखिएको छ। पुलिसले मामिलाको जाँच कार्य शुरू गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा